चैत्र ९, २०८२ सोमबार | १९:०५:०९
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

डर्टमन्ड अन्तिम चारमा

काठमाडौं । स्पेनिपेसिक्लब एट्लेटिको मड्रिडलाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

डर्टमन्टले मंगलबार घरेलु मैदान सिंगल इडुना पार्कमा सम्पन्न दोस्रो लगेमा ४-२ तथा समग्रमा ५-४ को जित निकाल्यो । पहिलो लेगमा डर्टमन्डले २-१ को हार ब्यहोरेको थियो ।

खेलको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमार्फत डर्टमन्डले खेललाई समग्रमा २-२ को बराबरी गर्यो ।पाँच मिनेटपछि इयन माट्सेनले गोल गर्दै डर्टमन्डलाई ३-२ ले अगाडि बढाए ।

म्याट्स हुमेल्सलेबाट ४९औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा खेल समग्रमा ३-३ को बराबरीमा आयो । मारियो हर्मोसोको हेडरलाई रोक्ने प्रसाय गर्दा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

एन्जल कोरियाले ६४औं मिनेटमा गोल गरेपछि एट्लेटिको ४-३ ले अगाडि बढ्यो । रोमान रिकेल्मेको प्रहार डर्टमन्डका गोलकिपर कोबेलले बचाए पनि रिबाउन्डलाई कोरियाले पोस्टको दिशा दिए ।

निकोलास फुलक्रुगले हेडमार्फत ७१औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई ४-४ को बराबरीमा ल्याए । तीन मिनेटपछि मार्सेल साबिट्जरले गोल गर्दै डर्टमन्डलाई दोस्रो लेगमा ४-२ तथा समग्रमा ५-४ को जित दिलाए ।

डर्टमन्डले फाइनल प्रवेशका लागि फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी)को सामना गर्नेछ। पिएसजी अर्को स्पेनिस टोली बार्सिलोनाविरुछ समग्रमा ६-४ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो