चैत्र १२, २०८२ बिहीबार | २३:२४:१२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आइएसएल सिल्ड मोहन बंगानलाई

काठमाडौं । इन्डियन सुपर लिग (आइएसएल)को सिल्ड उपाधि मोहन बंगान सुपर जायन्टले जितेको छ । लिग चरणको अन्तिम तथा निर्णायक प्रतिस्पर्धामा मुम्बई एफसीलाई २–१ ले हराउँदै मोहन बंगान पहिलो पटक च्याम्पियन बनेको हो ।

२२ खेल सम्पन्न हुँदा मोहन बंगानले ४८ अंक जोड्यो । उसले १५ खेल जित्दा तीन बराबरी र चार खेल हा¥यो । मुम्बईले समान खेलबाट ४७ अंक जोडेको हो । मुम्बईले १४ जित, पाँच बराबरी र तीन खेलमा हार बेहोरेको थियो ।

बराबरी खेलेपछि च्याम्पियन हुने अवसरबाट मुम्बई  चुकेको छ । जित्नै पर्ने दबाबमा बीच मोहन बंगान सफल भयो । गोवा ४५ अंकसहित तेस्रो रह्यो । सन् २०२२–०२३ को सिजन मुम्बई च्याम्पियन हुँदा मोहन बंगान तेस्रो भएको थियो ।

साल्ट लेक मैदान कोलकत्तामा लिस्टोन कोलाकोले २८औं मिनेटमा गोलगर्दै मोहन बंगानलाई अग्रता दिलाएका थिए । जासोन कमिन्सले ८०औं मिनेटमा बंगानलाई २–० ले अगाडि बढाएका हुन् । लालिअनजुअला चान्टेले ८९औं मिनेटमा गोल गर्दै मुम्बईलाई २–१ को अवस्थामा ल्याएपनि बाँकी समय गोल नहुँदा दश खेलाडीमा सिमित मोहन बंगान च्याम्पियन भएको हो ।

अब, यो सिजनको फाइनल खेल ४ मेमा हुनेछ । त्यसका लागि नकआउटमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

भारतीय लिगमा आइएसएललाई शीर्ष डिभिजन लिग हो । आई लिगलाई दोस्रो डिभिजन लिग मानिएको छ । मोहम्मडन स्पोर्टिङ क्लब आईलिगको च्याम्पियन हुँदै पहिलो पटक आइएसएलमा बढुवा भएको छ । अघिल्लो सिजन च्याम्पियन हुँदै पञ्जाव एफसी बढुवा भएको थियो ।

यसपटक मोहम्मडन बढुवा हुँदा हैदराबाद आइएसएलबाट घटुवा भएको छ । उसले २२ खेलमा जम्मा आठ अंक जोडेको थियो । यता, मोहम्मडदले २४ खेलमा ५२ अंक जोड्दै पहिलिो पटक आइएसएल खेल्न छनोट भएको हो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो