चैत्र ७, २०८२ शनिबार | १९:४६:३०
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

आर्मीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

सांकेतिक तस्विर

कपिलवस्तु। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४ -३ ले पराजित गर्दै सुदूरपश्चिम-११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा  सुदूरपश्चिमका लागि विष्णु चौधरी, अभिनाश थापा, बुद्धदेव शाही र धीरेन्द्र शाहले गोल गरे। फागुराम चौधरीले भने चुके । आर्मीका लागि ओमप्रकाश रोका, दिल लामा र मानबहादुर आले मगरले गोल गरे। तर, सन्तोष केसी र जीवन कुमारको प्रहार भने गोलमा परिणत हुन सकेन ।

सुदूरपश्चिमले फाइनल प्रवेशका लागि हनामी बिएफसीको सामना गर्नेछ । हनामीले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ५-४ हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्नेछन्।

पुलिसले सहारा फुटबल एकेडेमीलाई १-० तथा थ्री स्टारले आयोजक कपिलवस्तु-११ लाई ३-० ले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो