चैत्र १४, २०८२ शनिबार | १८:५९:०५
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

बहराइन भ्रमणको स्वीकृति नआउँदा डाक्टरको फ्लाइट छुट्यो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति नपाएका कारण विश्वकप छनोट खेलका लागि बहराइन जाने तयारीमा रहेका राष्ट्रिय टिमका डाक्टर राजु डंगोलको आइतबारको फ्लाइट छुटेको छ ।

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले चैत ८ गते बहराइनसँग उसैको मैदानमा खेल्दैछ । यो नेपालको घरेलु खेल भए पनि दशरथ रंगशालाको मैदानको अवस्था ठिक नभएकाले बहराइनमा हुन लागेको हो । त्यसको पाँच दिनपछि चैत १३ मा नेपालले उतै अवे खेल खेल्नेछ ।

बहराइनमा हुने दुई खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले डा. डंगोलसँगै ११ जना अधिकारीलाई पठाउन राखेपसँग स्वीकृति मागेको थियो । तर राखेपले अझैसम्म स्वीकृति दिइसकेको छैन । डा. डंगोलको फ्लाइट आइतबार दिउँसाे ४ बजे रहेको एन्फाका एक पदाधिकारीले खेलाडी डटकमलाई जानकारी दिएका थिए । 

फिफा विश्वकप छनोट खेलको नियमावलीअनुसार कुने पनि टिमले २३ खेलाडी र ११ अधिकारी गरि बढिमा ३४ जनासम्म समावेश गर्न पाउँछ । जसमा डाक्टर अनिवार्य गरिएकाे छ। पछिल्ला समय फुटबलमा थुप्रै स्वास्थ्यसम्बन्धि समस्याका कारण खेलाडीको ज्यान जान थालेपछि फिफाले कुनै पनि खेलमा टिमले अनिवार्य डाक्टर राख्नुपर्ने नियम ल्याएको हो ।

खेलकुद विकास ऐन २०७७ अनुसार कुनै पनि टिम विदेश भ्रमणमा जाँदा अनिवार्य राखेपको स्वीकृति लिनुपर्ने प्रावधान मिचेर जथाभावी पदाधिकारीलाई विदेश सयर गराएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले ऐनको पूर्ण कार्यान्वयनका लागि राखेपलाई निर्देशन दिएको थियो ।

यही विश्वकप छनोट खेलको तयार गर्न भनेर नेपाली टोली बिहीबार मलेसिया जाने क्रममा मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको थियो । साथै मन्त्रालयले विना स्वीकृति पदाधिकारीलाई विदेश सयर गराएकोमा एन्फालाई कार्वाही गर्न पनि निर्देशन दिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले मलेसिया जान लागेको टोलीका  पदाधिकारीलाई रोक्न गृह मन्त्रालयमा अनुरोध गरेको थियो । गृहले त्यहीअनुसार अध्यागमन विभागमा पत्राचार गरेको थियो । तर गृहको पत्र पुग्नुअघि नै टिम उडिसकेको थियो ।

त्यही टिमबाट २३ खेलाडी र सात अधिकारी मलेसियाबाटै बहराइन पुगिसकेका छन् । मलेसिया कुल १७ पदाधिकारी गएकामध्ये सात जना नेपाल फर्किइसकेका छन् भने तीन जना अझै मलेसियामै छन् । राष्ट्रिय टोली मलेसिया पठाउँदा २३ खेलाडी र १७ पदाधिकारी पठाए पनि एन्फाले डाक्टर भने समावेश गरेको थिएन । 

बहराइनबाट मलेसिया जाने अधिकारीहरुमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलकिपिङ प्रशिक्षकद्धय विनोद डंगोल र मनिष तिमल्सिना, टिम व्यवस्थापक उत्तम भण्डारी किट्स व्यवस्थापक ज्ञानबहादुर राई र फिजियोथेरापिस्ट लोकेन्द्र कुँवर छन् ।

मलेसियाबाटै सात अधिकारीसहित ३० सदस्यीय टोली बहराइन पुगिसकेकाले फिफाको नियमावलीअनुसार अब चार अधिकारीको मात्र ठाउँ बाँकी छ । त्यसमा एक डाक्टर अनिवार्य हुन्छ । तर एन्फाले भने राखेपमा एक डाक्टरसहित ११ जनाको भ्रमणका लागि स्वीकृति मागेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो