माघ ५, २०८२ सोमबार | १०:२४:१६
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

बहराइन भ्रमणको स्वीकृति नआउँदा डाक्टरको फ्लाइट छुट्यो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति नपाएका कारण विश्वकप छनोट खेलका लागि बहराइन जाने तयारीमा रहेका राष्ट्रिय टिमका डाक्टर राजु डंगोलको आइतबारको फ्लाइट छुटेको छ ।

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले चैत ८ गते बहराइनसँग उसैको मैदानमा खेल्दैछ । यो नेपालको घरेलु खेल भए पनि दशरथ रंगशालाको मैदानको अवस्था ठिक नभएकाले बहराइनमा हुन लागेको हो । त्यसको पाँच दिनपछि चैत १३ मा नेपालले उतै अवे खेल खेल्नेछ ।

बहराइनमा हुने दुई खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले डा. डंगोलसँगै ११ जना अधिकारीलाई पठाउन राखेपसँग स्वीकृति मागेको थियो । तर राखेपले अझैसम्म स्वीकृति दिइसकेको छैन । डा. डंगोलको फ्लाइट आइतबार दिउँसाे ४ बजे रहेको एन्फाका एक पदाधिकारीले खेलाडी डटकमलाई जानकारी दिएका थिए । 

फिफा विश्वकप छनोट खेलको नियमावलीअनुसार कुने पनि टिमले २३ खेलाडी र ११ अधिकारी गरि बढिमा ३४ जनासम्म समावेश गर्न पाउँछ । जसमा डाक्टर अनिवार्य गरिएकाे छ। पछिल्ला समय फुटबलमा थुप्रै स्वास्थ्यसम्बन्धि समस्याका कारण खेलाडीको ज्यान जान थालेपछि फिफाले कुनै पनि खेलमा टिमले अनिवार्य डाक्टर राख्नुपर्ने नियम ल्याएको हो ।

खेलकुद विकास ऐन २०७७ अनुसार कुनै पनि टिम विदेश भ्रमणमा जाँदा अनिवार्य राखेपको स्वीकृति लिनुपर्ने प्रावधान मिचेर जथाभावी पदाधिकारीलाई विदेश सयर गराएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले ऐनको पूर्ण कार्यान्वयनका लागि राखेपलाई निर्देशन दिएको थियो ।

यही विश्वकप छनोट खेलको तयार गर्न भनेर नेपाली टोली बिहीबार मलेसिया जाने क्रममा मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको थियो । साथै मन्त्रालयले विना स्वीकृति पदाधिकारीलाई विदेश सयर गराएकोमा एन्फालाई कार्वाही गर्न पनि निर्देशन दिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले मलेसिया जान लागेको टोलीका  पदाधिकारीलाई रोक्न गृह मन्त्रालयमा अनुरोध गरेको थियो । गृहले त्यहीअनुसार अध्यागमन विभागमा पत्राचार गरेको थियो । तर गृहको पत्र पुग्नुअघि नै टिम उडिसकेको थियो ।

त्यही टिमबाट २३ खेलाडी र सात अधिकारी मलेसियाबाटै बहराइन पुगिसकेका छन् । मलेसिया कुल १७ पदाधिकारी गएकामध्ये सात जना नेपाल फर्किइसकेका छन् भने तीन जना अझै मलेसियामै छन् । राष्ट्रिय टोली मलेसिया पठाउँदा २३ खेलाडी र १७ पदाधिकारी पठाए पनि एन्फाले डाक्टर भने समावेश गरेको थिएन । 

बहराइनबाट मलेसिया जाने अधिकारीहरुमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलकिपिङ प्रशिक्षकद्धय विनोद डंगोल र मनिष तिमल्सिना, टिम व्यवस्थापक उत्तम भण्डारी किट्स व्यवस्थापक ज्ञानबहादुर राई र फिजियोथेरापिस्ट लोकेन्द्र कुँवर छन् ।

मलेसियाबाटै सात अधिकारीसहित ३० सदस्यीय टोली बहराइन पुगिसकेकाले फिफाको नियमावलीअनुसार अब चार अधिकारीको मात्र ठाउँ बाँकी छ । त्यसमा एक डाक्टर अनिवार्य हुन्छ । तर एन्फाले भने राखेपमा एक डाक्टरसहित ११ जनाको भ्रमणका लागि स्वीकृति मागेको छ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate