चैत्र १४, २०८२ शनिबार | ००:१३:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पिस प्वाइन्ट कपः गेटवे च्याम्पियन

काठमाडौं । गेटवे एकेडेमी छैटौं पिस प्वाइन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको  च्याम्पियन बनेको छ ।

सानोगौचरण मैदानमा बुधबार भएको फाइनलमा गेटवेले आयोजक पिस प्वाइन्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । हारसँगै पिस प्वाइन्ट उपाधिमाथि दोहोरो ह्याट्रिक गर्नबाट चुक्यो । विगतका पाँचै संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो ।

पेनाल्टीमा गेटवेका लागि प्रदिप खत्री, शिशीर श्रेष्ठ, राजन आचार्य, प्रतीक रायमाझी र लक्ष्मण उप्रेतीले गोल गरे । पिस प्वाइन्टका पवन बुढाथोकी, विशेष थिङ, नितेश मोक्तान र प्रज्ञान राईले गोल गरे । महेश राई चुके ।

मनकामनाले एकलब्यलाई ५-० ले हराउँदै तेस्रो स्थान हासिल गर्यो । विजेताका लागि  पाँचै गोल सनिल मगरले गरे ।

सर्वाधिक गोलकर्ता  राहुल लामा

शीर्ष तीनले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

गेटवेका लक्ष्मण उप्रेती प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । गेटवेका रोहन महत उत्कृष्ट गोलकिपर, पिस प्वाइन्टका नितेश मोक्तान उत्कृष्ट रक्षक र प्रशिक्षकमा गेटवेका युमन छोछे उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिताभर २० गोल गरेका पिस प्वाइन्टका राहुल लामा सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही, ३६१ डिग्रीका प्रबन्ध निर्देशक धीरज कार्की, आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नर्बदा थापा, पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङलगायतले पुरस्कृत गरे ।  
प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो