माघ १८, २०८२ आइतबार | २३:४६:४९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

पिस प्वाइन्ट कपः गेटवे च्याम्पियन

काठमाडौं । गेटवे एकेडेमी छैटौं पिस प्वाइन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको  च्याम्पियन बनेको छ ।

सानोगौचरण मैदानमा बुधबार भएको फाइनलमा गेटवेले आयोजक पिस प्वाइन्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । हारसँगै पिस प्वाइन्ट उपाधिमाथि दोहोरो ह्याट्रिक गर्नबाट चुक्यो । विगतका पाँचै संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो ।

पेनाल्टीमा गेटवेका लागि प्रदिप खत्री, शिशीर श्रेष्ठ, राजन आचार्य, प्रतीक रायमाझी र लक्ष्मण उप्रेतीले गोल गरे । पिस प्वाइन्टका पवन बुढाथोकी, विशेष थिङ, नितेश मोक्तान र प्रज्ञान राईले गोल गरे । महेश राई चुके ।

मनकामनाले एकलब्यलाई ५-० ले हराउँदै तेस्रो स्थान हासिल गर्यो । विजेताका लागि  पाँचै गोल सनिल मगरले गरे ।

सर्वाधिक गोलकर्ता  राहुल लामा

शीर्ष तीनले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

गेटवेका लक्ष्मण उप्रेती प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । गेटवेका रोहन महत उत्कृष्ट गोलकिपर, पिस प्वाइन्टका नितेश मोक्तान उत्कृष्ट रक्षक र प्रशिक्षकमा गेटवेका युमन छोछे उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिताभर २० गोल गरेका पिस प्वाइन्टका राहुल लामा सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही, ३६१ डिग्रीका प्रबन्ध निर्देशक धीरज कार्की, आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नर्बदा थापा, पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङलगायतले पुरस्कृत गरे ।  
प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।