माघ १७, २०८२ शनिबार | ०८:०९:००
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

‘ए’ डिभिजन लिग अर्को वर्ष मात्रै हुने

काठमाडौं । घरेलु फुटबलको शीर्ष डिभिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग अर्को वर्ष मात्र आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फां को सोमबार बसेको साधारण सभाले अर्को वर्षको क्यालेन्डर पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

एन्फाले सार्वजनिक गरेको क्यालेन्डर अनुसार ‘ए’ डिभिजन लिग अर्को वर्षको पुस १२ देखि २०८२ जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।  डबल राउन्ड रोविन लिगका आधारमा  हुने लिगमा शुक्रबार, शनिबार र आइतबार समान दुई खेल खेलाइने उल्लेख छ ।

एन्फाले  ‘बी’ र ‘सी’ डिभिजन  लिग अर्को महिनाबाट गर्ने योजना बनाएको छ । क्यालेन्डर अनुसार ‘सी’ डिभिजन लिग चैत २२ गते र ‘बी’ डिभिजन लिग चैत २५ गतेबाट सुरु हुनेछ ।

एन्फाले अर्को वर्ष एन्फा यु-१६ युथ लिग, जिल्ला लिग, यु-२१ फुटसल, यु-१५ छात्रा छात्र फुटबल, ग्रास रुट लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, ललित स्मृति यु-१८ युथ लिग र यु-१८ महिला युथ लिग, ए डिभिजन फुटसल लिग आयोजना गर्ने भएको छ ।

यसैगरी एन्फाले महिला लिग दुई चरणमा गर्ने गरी क्यालेन्डर तयार पारेको छ । पछिल्लो दुई वर्ष एन्फाले महिला फुटबलमा कुनै प्रतियोगिता गरेको छैन । 

प्रवक्ता शाहले साधारण सभाले २०७९/८० को आयव्यय विवरण र २०८०/८१ आर्थिक वर्षका लागि ६७ करोड ६७ लाख ६६ हजार ६० रुपैयाँको अनुमानित बजेट पास गरेको बताए ।

कार्यसमितिको २१ मध्ये १३ सदस्य उपस्थित नभए पनि सोमबार बसेको नियमित साधारण सभाले प्रस्तावित सबै विषयलाई पास गरेको थियो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी, सदस्य १० जना र १३ बी डिभिजन लिग क्लब र गोर्खा जिल्लाले बहिष्कार गरेको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

केन्द्रिय कार्यसमितिले पास गरेको भन्दा बाहेकका विषयलाई साधारण सभाको विषय सुचिमा समावेश गरेको भन्दै केन्द्रिय समितिका १० जनाले वहिष्कार गरेका थिए । बी डिभिजन लिगका क्लब भने यसपटकको साधारण सभाको प्रतिनिधि छनोटबाटै नै सहभागी भएन । गोर्खा जिल्लाका प्रतिनिधि अनिल खत्रीले साधारणसभा बहिस्कार गरेका थिए ।

एन्फाका १०५ सदस्य संस्थाका मताधिकार प्राप्त ७७ मध्ये ७४ साधारणसभामा उपस्थित भएको शाहले बताएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।