चैत्र १८, २०८२ बुधबार | ०८:२८:३२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

‘ए’ डिभिजन लिग अर्को वर्ष मात्रै हुने

काठमाडौं । घरेलु फुटबलको शीर्ष डिभिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग अर्को वर्ष मात्र आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फां को सोमबार बसेको साधारण सभाले अर्को वर्षको क्यालेन्डर पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

एन्फाले सार्वजनिक गरेको क्यालेन्डर अनुसार ‘ए’ डिभिजन लिग अर्को वर्षको पुस १२ देखि २०८२ जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।  डबल राउन्ड रोविन लिगका आधारमा  हुने लिगमा शुक्रबार, शनिबार र आइतबार समान दुई खेल खेलाइने उल्लेख छ ।

एन्फाले  ‘बी’ र ‘सी’ डिभिजन  लिग अर्को महिनाबाट गर्ने योजना बनाएको छ । क्यालेन्डर अनुसार ‘सी’ डिभिजन लिग चैत २२ गते र ‘बी’ डिभिजन लिग चैत २५ गतेबाट सुरु हुनेछ ।

एन्फाले अर्को वर्ष एन्फा यु-१६ युथ लिग, जिल्ला लिग, यु-२१ फुटसल, यु-१५ छात्रा छात्र फुटबल, ग्रास रुट लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, ललित स्मृति यु-१८ युथ लिग र यु-१८ महिला युथ लिग, ए डिभिजन फुटसल लिग आयोजना गर्ने भएको छ ।

यसैगरी एन्फाले महिला लिग दुई चरणमा गर्ने गरी क्यालेन्डर तयार पारेको छ । पछिल्लो दुई वर्ष एन्फाले महिला फुटबलमा कुनै प्रतियोगिता गरेको छैन । 

प्रवक्ता शाहले साधारण सभाले २०७९/८० को आयव्यय विवरण र २०८०/८१ आर्थिक वर्षका लागि ६७ करोड ६७ लाख ६६ हजार ६० रुपैयाँको अनुमानित बजेट पास गरेको बताए ।

कार्यसमितिको २१ मध्ये १३ सदस्य उपस्थित नभए पनि सोमबार बसेको नियमित साधारण सभाले प्रस्तावित सबै विषयलाई पास गरेको थियो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी, सदस्य १० जना र १३ बी डिभिजन लिग क्लब र गोर्खा जिल्लाले बहिष्कार गरेको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

केन्द्रिय कार्यसमितिले पास गरेको भन्दा बाहेकका विषयलाई साधारण सभाको विषय सुचिमा समावेश गरेको भन्दै केन्द्रिय समितिका १० जनाले वहिष्कार गरेका थिए । बी डिभिजन लिगका क्लब भने यसपटकको साधारण सभाको प्रतिनिधि छनोटबाटै नै सहभागी भएन । गोर्खा जिल्लाका प्रतिनिधि अनिल खत्रीले साधारणसभा बहिस्कार गरेका थिए ।

एन्फाका १०५ सदस्य संस्थाका मताधिकार प्राप्त ७७ मध्ये ७४ साधारणसभामा उपस्थित भएको शाहले बताएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो