चैत्र १८, २०८२ बुधबार | ०८:२६:१६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

गोर्खा जिल्ला प्रतिनिधि अमित खत्रीले गरे एन्फा साधारणसभा बहिस्कार

फाइल फोटो

काठमाडौं । गोर्खा जिल्लाको प्रतिनिधिको रूपमा सहभागी हुन आएका अमित खत्रीले असहमति पत्र दर्ता गराएर एन्फा साधारणसभा बहिस्कार गरेका छन् ।

उनी विभिन्न बुँदामा असहमति राखिएको पत्र फिफा र एएफसीका प्रतिनिधि, एन्फा अध्यक्ष तथा साधारणसभाका सहभागीलाई दिएर हल बाहिर निस्किए थिए ।

यस्ता छन् खत्रीका माग तथा असहमती

एन्फा उपाध्यक्ष दावा लामालाई लागु औषध कोराबार सम्बन्धी कसुर लागेको र वर्ष जेल सजय भएकोमा अझै ४ वर्ष १ महिना भुक्तान गर्न बाँकी रहेकाले लामालाई यसै साधारणसभाबाट निलम्बन गर्नु गरिनुपर्छ ।

एन्फा महासचिव किरण राईविरुद्ध अख्तियार अनुसन्धान आयोगमा भ्रष्ट्राचार सम्बन्धी मुद्दा दर्ता भएको उनले फिफा र एसिसीमा प्रयोग गर्दै आएको ह्वाट्स एप्स नम्बर परिवर्तन गरेको आरो लागेकाले उक्त अनुसन्धान नसकिँदासम्म निलम्बन गर्न र अन्तरिक छानबिनका लागि समिति गठन गर्न माग गर्दछु ।

कार्यसमिति बैठकले खुल्ला प्रतिस्पर्धामार्फत सिइओ नियुक्त गर्ने निर्णय गरे पनि बैठकको उक्त निर्णयलाई उल्टाउँदै इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गरिनु विधानविपरित छ ।

यसैगरी खत्रीले एन्फामा आर्थिक अनियमिता भएको, मन लाग्दी ढंगले आर्थिक समिति र कार्य समितिको अधिकार महासचिव र कोषाध्यक्षलाई दिइएको जस्ता विषयमा पनि असहमति जनाएका छन् ।

यसअघि कार्यसमितिका १० सदस्य र ‘बी’ डिभिजनका १३ क्लबले पनि साधारणसभा बहिस्कार गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो