चैत्र १८, २०८२ बुधबार | ०८:४९:०४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

अन्जन राई पनि अस्ट्रेलिया प्रस्थान

तस्विरः सामाजिक सञ्जाल फेसबुकबाट

काठमाडौ । राष्ट्रिय फुटबल टोलीका रक्षक अञ्जन राई पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । अन्जन सोमबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

उनले त्यहाँ गोल्ड नेप्लिज फुटबल क्लबबाट खेल्ने बताइएको छ । अन्जनले केही महिना अघि मात्र विश्वकप छनोट अन्तर्गत संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

अन्जनले गत वर्ष विभागीय टोली नेपाल पुलिस क्लबबाट शीर्ष डिभिजन खेलेका थिए । लिगमा उच्च प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले अन्जनलाई राष्ट्रिय टोलीमा मौका दिएका हुन् ।

यसैगरी अन्जनले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको कप्तानी गरेका थिए ।

दुई साताअघि मात्र सिमान्त थापा, सेसेहाङ आङदेम्बे, आशिष चौधरी र अनिश देउला अस्ट्रेलिया गएका थिए ।

पछिल्लो समय सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने नेपाली खेलाडीको संख्या बढिरहेको छ ।पछिल्लो दुई वर्षमा झण्डै सय राष्ट्रिय स्तरका खेलाडी विदेश पुगिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो