माघ १८, २०८२ आइतबार | १३:३४:४२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

राष्ट्रिय टोलीका चार खेलाडीलाई समेट्दै युवा टोली घोषणा

फाइल तस्बिरः युवा टोलीमा स्थान बनाएका मनिष डाँगी

काठमाडौं । चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

युवा टोलीको पनि जिम्मेवारी सम्हालीरहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्सीय टोली घोषणा गरेका हुन् । यसैगरी चेतन घिमिरेलाई सहायक र मनिष तिम्सिनालाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

एनेसले राष्ट्रिय टोलीका नियमित सदस्य आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन लिम्बुलाई पनि टोलीमा समेटेका छन् ।

बन्द प्रशिक्षणबाट कृष्टल मोक्तान, जियारथ सेख, अश्विन घोरासैनी, अशिम भुषाल, दीपेश गुरुङ, अभिषेक गुरुङ, दीनेश हेन्जन, दीपेश आलेमगर र सविन लुंगेली मगर भने बाहिरिएका छन् ।

चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ । खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ  निर्धारण गरिएको छ । टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ-ल्हसा-काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने एन्फा जानकारी दिएको छ ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो  । 
मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेका छन् ।

खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

नेपाली युवा टोल:

गोलकिपरः पुजन होना, विशाल सुनार, सन्तोष महत

रक्षकः पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डरः आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दनकुमार दास, कुशल देउवा

फरवार्डः समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी, आशिक बावु चौधरी


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।