चैत्र ५, २०८२ बिहीबार | १३:०४:१६
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

राष्ट्रिय टोलीका चार खेलाडीलाई समेट्दै युवा टोली घोषणा

फाइल तस्बिरः युवा टोलीमा स्थान बनाएका मनिष डाँगी

काठमाडौं । चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

युवा टोलीको पनि जिम्मेवारी सम्हालीरहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्सीय टोली घोषणा गरेका हुन् । यसैगरी चेतन घिमिरेलाई सहायक र मनिष तिम्सिनालाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

एनेसले राष्ट्रिय टोलीका नियमित सदस्य आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन लिम्बुलाई पनि टोलीमा समेटेका छन् ।

बन्द प्रशिक्षणबाट कृष्टल मोक्तान, जियारथ सेख, अश्विन घोरासैनी, अशिम भुषाल, दीपेश गुरुङ, अभिषेक गुरुङ, दीनेश हेन्जन, दीपेश आलेमगर र सविन लुंगेली मगर भने बाहिरिएका छन् ।

चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ । खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ  निर्धारण गरिएको छ । टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ-ल्हसा-काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने एन्फा जानकारी दिएको छ ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो  । 
मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेका छन् ।

खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

नेपाली युवा टोल:

गोलकिपरः पुजन होना, विशाल सुनार, सन्तोष महत

रक्षकः पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डरः आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दनकुमार दास, कुशल देउवा

फरवार्डः समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी, आशिक बावु चौधरी


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं