माघ ४, २०८२ आइतबार | १९:४२:२९
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

ओप्स खेलकुद महोत्सवः फुटबलमा ज्ञान मन्दिरलाई स्वर्ण

काठमाडौं । ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलको स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा ज्ञान मन्दिरले सेबलाई पेनाल्टी सुटआटमा ४-३ ले पराजित गर्यो । निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो ।

सुमित वज्राचार्यले १७ औं मिनेटमा गोल गर्दै सेबलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा  ज्ञान मन्दिरका विकास गुरुङले खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा ज्ञान मन्दिरका विकास गुरुङ, सुशान्त थापा मगर, विवेक राई र यारिश मख्याममगरले गोल गरे । सुशान्त प्याकुरेल चुके । सेबका मनीष गुरुङ, अर्जुन राना मगर र दिप्सन मल्लले गोल गरे । विप्लव गुरुङ र सुमित चौधरीले गोल गर्न सकेनन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगितामा ज्ञान मन्दिरका सुशान्त थापा मगर उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी विधागत उत्कृष्टमा सेबका सुमित वज्राचार्य फरवार्ड, कौशलक करणराम भुल मिडफिल्डर, ज्ञान मन्दिरका विवेक राई रक्षक, आयुब मोक्तान गोलकिप र आशिष थापा प्रशिक्ष चुनिए ।

गर्ल्स फुटबलमा भने हिमरश्मिले कौशललाई १-० ले हराउदै स्वर्ण पदक जितेको थियो । व्यक्तिगत विधाको पुरस्कार भने मंगलबार मात्र घोषणा गरियो ।

हिमरश्मिकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी विधागत उत्कृष्टमा ज्ञान मन्दिरकी अनु बराम गालेकिपर, हिमरश्मिकी निमा तामाङ रक्षक, कौशलकी सेमेनु तामाङ मिडफिल्डर, आस्मा गुरुङ फरवार्ड चुनिए । ब्वाइजमा १६ तथा गर्ल्समा आठ टोलीले  प्रतिसपर्धा गरेका थिए ।

माघ ५ गतेदेखि सुरु भएको महोत्सवमा फुटबलसहित बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस टेनिस र एथलेटिक्स गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो । 

बास्केटबलको ब्वाइजमा सेब र गर्ल्समा हिमरश्मिले स्वर्ण पदक जिते । ब्याडमिन्टनमा हिमरश्मि र टेबलटेनिसमा श्रृजना ज्ञान सागरले स्वर्ण पदकमा ‘क्लिन स्विप’ गरे । दुवै खेलमा समान तीन स्पर्धा समावेश थिए ।

यसैगरी २२ स्वर्णका लागि प्रतिस्पर्धा भएको एथलेटिक्समा लालीगुराँले १०, हिमरश्मिले आठ, श्रृजना ज्ञान सागरले दुई तथा ज्ञान मन्दिर र न्युटनले समान एक स्वर्ण पदक जिते । समग्रमा हिमरश्मिले सर्वाधिक १३ स्वर्ण पदक जित्यो ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate