चैत्र ६, २०८२ शुक्रबार | ०८:१८:२१
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

ओप्स खेलकुद महोत्सवः फुटबलमा ज्ञान मन्दिरलाई स्वर्ण

काठमाडौं । ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलको स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा ज्ञान मन्दिरले सेबलाई पेनाल्टी सुटआटमा ४-३ ले पराजित गर्यो । निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो ।

सुमित वज्राचार्यले १७ औं मिनेटमा गोल गर्दै सेबलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा  ज्ञान मन्दिरका विकास गुरुङले खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा ज्ञान मन्दिरका विकास गुरुङ, सुशान्त थापा मगर, विवेक राई र यारिश मख्याममगरले गोल गरे । सुशान्त प्याकुरेल चुके । सेबका मनीष गुरुङ, अर्जुन राना मगर र दिप्सन मल्लले गोल गरे । विप्लव गुरुङ र सुमित चौधरीले गोल गर्न सकेनन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगितामा ज्ञान मन्दिरका सुशान्त थापा मगर उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी विधागत उत्कृष्टमा सेबका सुमित वज्राचार्य फरवार्ड, कौशलक करणराम भुल मिडफिल्डर, ज्ञान मन्दिरका विवेक राई रक्षक, आयुब मोक्तान गोलकिप र आशिष थापा प्रशिक्ष चुनिए ।

गर्ल्स फुटबलमा भने हिमरश्मिले कौशललाई १-० ले हराउदै स्वर्ण पदक जितेको थियो । व्यक्तिगत विधाको पुरस्कार भने मंगलबार मात्र घोषणा गरियो ।

हिमरश्मिकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी विधागत उत्कृष्टमा ज्ञान मन्दिरकी अनु बराम गालेकिपर, हिमरश्मिकी निमा तामाङ रक्षक, कौशलकी सेमेनु तामाङ मिडफिल्डर, आस्मा गुरुङ फरवार्ड चुनिए । ब्वाइजमा १६ तथा गर्ल्समा आठ टोलीले  प्रतिसपर्धा गरेका थिए ।

माघ ५ गतेदेखि सुरु भएको महोत्सवमा फुटबलसहित बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस टेनिस र एथलेटिक्स गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो । 

बास्केटबलको ब्वाइजमा सेब र गर्ल्समा हिमरश्मिले स्वर्ण पदक जिते । ब्याडमिन्टनमा हिमरश्मि र टेबलटेनिसमा श्रृजना ज्ञान सागरले स्वर्ण पदकमा ‘क्लिन स्विप’ गरे । दुवै खेलमा समान तीन स्पर्धा समावेश थिए ।

यसैगरी २२ स्वर्णका लागि प्रतिस्पर्धा भएको एथलेटिक्समा लालीगुराँले १०, हिमरश्मिले आठ, श्रृजना ज्ञान सागरले दुई तथा ज्ञान मन्दिर र न्युटनले समान एक स्वर्ण पदक जिते । समग्रमा हिमरश्मिले सर्वाधिक १३ स्वर्ण पदक जित्यो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो