काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली न्युक्यासल युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।
सेन्ट जेम्स पार्कमा सिटीलाई जित दिलाउन बर्नान्डो सिल्भा, केभिन डी ब्रुएन र ओस्कार बबले गोल गरे । न्युक्यासलका लागि अलेक्जेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।
जितसँगै २० खेलमा ४३ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको न्युक्यासल २१ खेलबाट २९ अंकका साथ १० औं स्थानमा छ ।
खेलको २६ औं सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । सिटीको अग्रता लामो समय टिक्न भने सकेन । नौ मिनेटपछि नै इसाकले न्युक्यासललाई बराबरीमा ल्याए ।
३७ औं मिनेटमा गोर्डोनले गोल गर्दा न्युक्यासल २-१ ले अगाडि बढेको थियो । ७४ औं मिनेटमा डी ब्रुएनले सिटीलाई २-२ को बरारबीमा ल्याए ।
इन्जुरी समयमा बबले गोल गर्दै सिटीलाई ३-२ को रोमाञ्चक जित दिलाए ।