काठमाडौं । कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । आयोजकले शुक्रबार पत्रकारसम्मेलनमार्फत प्रतियोगिताको पहिलो संस्करण पुस २४ देखि २८ सम्म हुने जानकारी दिएको हो ।
जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेन आयोजकको अनुमान छ । हालसम्म २७ टोलीले नाम दर्ता गराइसकेका छन् ।
प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दार्ता गर्न सकिने आयोजकले बनाएको छ । प्रतियोगितामा उपत्याबाहिरबाट नवलपुर र वीरगन्जका टोलीले सहभागिता जनाउने र उनीहरुको दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दिएको छ ।
४० वर्षभन्दा माथिकाले सहभागिता जनाउन पाउने प्रतियोगिताकाे विजेताले १ लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई ५ हजार रुपैयाँका साथ बुद्ध एयरको माउन्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ ।