चैत्र ६, २०८२ शुक्रबार | ०७:३०:४१
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

इतिहासमा नेपालका सफलता


काठमाडौं । सन् १९८२ देखि नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मान्ने हो भने यसमा एक होइन्, एक भन्दा बढी सफलता हात पारेको इतिहास छ । त्यसको अर्थ सन् १९९३ को सफलता मात्र एक्लो होइन् ।

त्यो वर्ष नेपालले बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली महासंघीय  खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो । यो भयो प्रतियोगिताको छैटौं संस्करण । खासमा दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जितेको पनि यो दोस्रो अवसर मात्रै हो ।

यसअघि नेपालले सन् १९८४ मै पनि यस प्रतियोगिताको पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यो वर्ष नेपालले दक्षिण एसियाली महासंघीय खेलकुदको आयोजना गरेको थियो । पाँच खेल मात्र थिए, त्यसमा एक भयो, फुटबल नै । फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो । यसरी नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा दुई स्वर्ण जित्यो, राष्ट्रिय टिमले खेलेको हैसियतमा । सन् १९९३ को फाइनलमा नेपालले भारतमाथि जित रचेको हो ।

त्यसो त नेपालले सन् २०१६ मा भारत तथा सन् २०१९ मा नेपालमै भएका दक्षिण एसियाली खेलकुदमा पनि पुरुषतर्फ स्वर्ण जितेकै हो । तर यी दुवै प्रतिस्पर्धा यू–२३ टिमको थियो । सन् १९९९ को आठौं संस्करण नै त्यस्तो अन्तिम प्रतियोगिता हो, जसमा राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेको थियो । अभिलेखका लागि भारतमा स्वर्ण जित्दा फाइनलमा भारत प्रतिद्वन्द्वी थियो । आफ्नै भूमिमा जित्दा भने फाइनलको प्रतिद्वन्द्वी भुटान थियो ।

फेरि सन् १९९३ कै सफलतालाई आधार मान्ने हो भने नेपाली फुटबलले त्यसपछि अर्को सफलता प्राप्त गर्न धेरै वर्ष कुर्नु पर्याे । धेरै पनि कति भन्दा साँच्चै धेरै । नेपालले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जितेको थियो र यससँगै उपाधिको खडेरीमा पूर्णविराम लागेको थियो । बंगबन्धु बंगलादेशमा हुने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र यसलाई जितेर नेपालले २३ वर्ष उपाधिविहीन हुनु परेको पीडा अन्त्य गरेको थियो ।

फाइनलमा नेपालले बहराइनको यू–२३ टिममाथि जित निकालेको हो । त्यही वर्ष नेपाल एक अर्को उपाधि जित्न सफल रह्यो र यो भने नेपालले जितेको एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो औपचारिक प्रतियोगिता थियो । प्रतियोगिता थियो, एएफसी सोलिडारिटी कप । यसरी नेपालले एक वर्ष दुई उपाधि जितेर नयाँ इतिहास बनाउन पनि सफल भयो । उपाधिको भिडन्तमा नेपालले मकाओलाई माथ दिएको थियो ।

त्यसपछि नेपालले दुई पटक थ्री नेसन्स कप पनि जितेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलको स्वरूप फेरिएको छ । फिफा विन्डोको मौका छोडेर कम देश सहभागी हुने साना प्रतियोगिता आयोजना गर्न पाइन्छ । नेपालले यसै अनुसार दुई पल्ट थ्री नेसन्स कपको आयोजना गरेको छ र दुवै अवसरमा नेपाल विजयी भएको छ । यो भयो, सन् २०२१ मा एकपल्ट । त्यति बेला फाइनलमा बंगलादेशलाई हराएको थियो । अर्को भने सन् २०२३ । त्यति बेला फाइनलमा कीर्गिस्तान यू–२३ को सामना भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो