माघ ७, २०८२ बुधबार | ०५:४४:२७
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

इतिहासमा नेपालका सफलता


काठमाडौं । सन् १९८२ देखि नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मान्ने हो भने यसमा एक होइन्, एक भन्दा बढी सफलता हात पारेको इतिहास छ । त्यसको अर्थ सन् १९९३ को सफलता मात्र एक्लो होइन् ।

त्यो वर्ष नेपालले बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली महासंघीय  खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो । यो भयो प्रतियोगिताको छैटौं संस्करण । खासमा दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जितेको पनि यो दोस्रो अवसर मात्रै हो ।

यसअघि नेपालले सन् १९८४ मै पनि यस प्रतियोगिताको पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यो वर्ष नेपालले दक्षिण एसियाली महासंघीय खेलकुदको आयोजना गरेको थियो । पाँच खेल मात्र थिए, त्यसमा एक भयो, फुटबल नै । फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो । यसरी नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा दुई स्वर्ण जित्यो, राष्ट्रिय टिमले खेलेको हैसियतमा । सन् १९९३ को फाइनलमा नेपालले भारतमाथि जित रचेको हो ।

त्यसो त नेपालले सन् २०१६ मा भारत तथा सन् २०१९ मा नेपालमै भएका दक्षिण एसियाली खेलकुदमा पनि पुरुषतर्फ स्वर्ण जितेकै हो । तर यी दुवै प्रतिस्पर्धा यू–२३ टिमको थियो । सन् १९९९ को आठौं संस्करण नै त्यस्तो अन्तिम प्रतियोगिता हो, जसमा राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेको थियो । अभिलेखका लागि भारतमा स्वर्ण जित्दा फाइनलमा भारत प्रतिद्वन्द्वी थियो । आफ्नै भूमिमा जित्दा भने फाइनलको प्रतिद्वन्द्वी भुटान थियो ।

फेरि सन् १९९३ कै सफलतालाई आधार मान्ने हो भने नेपाली फुटबलले त्यसपछि अर्को सफलता प्राप्त गर्न धेरै वर्ष कुर्नु पर्याे । धेरै पनि कति भन्दा साँच्चै धेरै । नेपालले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जितेको थियो र यससँगै उपाधिको खडेरीमा पूर्णविराम लागेको थियो । बंगबन्धु बंगलादेशमा हुने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र यसलाई जितेर नेपालले २३ वर्ष उपाधिविहीन हुनु परेको पीडा अन्त्य गरेको थियो ।

फाइनलमा नेपालले बहराइनको यू–२३ टिममाथि जित निकालेको हो । त्यही वर्ष नेपाल एक अर्को उपाधि जित्न सफल रह्यो र यो भने नेपालले जितेको एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो औपचारिक प्रतियोगिता थियो । प्रतियोगिता थियो, एएफसी सोलिडारिटी कप । यसरी नेपालले एक वर्ष दुई उपाधि जितेर नयाँ इतिहास बनाउन पनि सफल भयो । उपाधिको भिडन्तमा नेपालले मकाओलाई माथ दिएको थियो ।

त्यसपछि नेपालले दुई पटक थ्री नेसन्स कप पनि जितेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलको स्वरूप फेरिएको छ । फिफा विन्डोको मौका छोडेर कम देश सहभागी हुने साना प्रतियोगिता आयोजना गर्न पाइन्छ । नेपालले यसै अनुसार दुई पल्ट थ्री नेसन्स कपको आयोजना गरेको छ र दुवै अवसरमा नेपाल विजयी भएको छ । यो भयो, सन् २०२१ मा एकपल्ट । त्यति बेला फाइनलमा बंगलादेशलाई हराएको थियो । अर्को भने सन् २०२३ । त्यति बेला फाइनलमा कीर्गिस्तान यू–२३ को सामना भएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate