फाल्गुन ३०, २०८२ शनिबार | ०३:३२:४६
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

मणी शाहको त्यो फ्रिकिक गोल

काठमाडौं । प्रतियोगिता थियो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)अन्तर्गतको फुटबल । खेल थियो फाइनल । प्रतिद्वन्द्वी थिए नेपाल विरुद्ध भारत । स्थान थियो बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बंगलादेश ।

दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सवमा समावेश सबै ११ खेलमा नेपालको सहभागिता थियो । तर कुनै पनि प्रतिस्पर्धामा नेपालले स्वर्ण पदक जित्न सकेको थिएन । पुरुष फुटबललाई छोड्दा ६ रजत र १५ कांस्यका साथ कुल २१ पदकमा नेपालको उपलब्धि सीमित हुने सम्भावना थियो । पुरुष फुटबलमा भारतविरुद्धको खेल जिते नेपालले छैटौं साफमा स्वर्णरहित हुनुपर्ने थिएन । अन्यथा सात रजत र १५ कांस्यमा चित्त बुझाउनुको विकल्प थिएन ।

सबै खेल सकिइसकेका थिए । अन्तिम दिन १९९३ डिसेम्बर २६ मा बंगबन्धु रंगशालाले छैटौं साफको अन्तिम स्वर्ण पदकको छिनोफानोका लागि नेपाल र भारतका राष्ट्रिय फुटबल टिमलाई आतिथ्य दिइरहेको थियो । नेपालको स्वर्ण जित्ने एकमात्र सम्भावना बोकेका कारण राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयका सबै पदाधिकारी प्यारापिटको भिआइपीमा थिए । बंगाली समर्थकको साथ पनि नेपाललाई थियो । एकप्रकारले रंगशालाको माहोल धेरै अर्थमा नेपालको पक्षमा थियो ।

तर, खेल लगातार नेपालको विपक्षमा अगाढि बढ्दै थियो । भारतले सुरुमै अग्रता लियो । संघर्षरत नेपालका लागि उमेश प्रधानले गोल गरेर खेल १–१ को बराबरीमा ल्याए । तर भारत यत्तिमै रोकिएन । मैदानको सबै पक्षमा हावी देखिएको भारतले फेरि दोस्रो पटक अग्रता लिइसकेको थियो । खेल २–१ को अवस्थामा पुर्याएपछि भारत थप एक स्वर्ण पदक जित्नेमा ढुक्क झै भइसकेको थियो ।

नेपालका लागि यो खेलको अर्थ फुटबलसँगमात्र सीमित थिएन । यो त पूरा नेपाली खेलकुदको प्रतिष्ठाको विषय थियो । रेफ्रीले अन्तिम सिठी फुक्ने बेला हुन केही बेरमात्र बाँकी थियो । नेपाली साफ टोली विना स्वर्ण पदक घर फकिर्नुपर्ने खतराको नजिक पुग्दै थियो । विस्तारै परिस्थिती सबै अर्थमा नेपालको विपक्षमा गइरहेको थियो ।

अचानक एउटा यस्तो अवसर प्राप्त भयो, जसले पूरा खेलको दृष्य फेरिदियो । मैदानमा प्रतिस्पर्धारत दुई टोलीको भाग्य परिवर्तन गर्यो । संयोगको कथा यसरी बुनियो, जसले नेपाललाई स्वर्ण र भारतलाई रजत पदकको गन्तव्य दियो । कसरी लेखियो यस्तो कथा ? कस्ले लेख्यो यो कथा ? नेपाली फुटबललाई अलिकती पनि माया गर्नेले कसरी विर्सनु ती महान हस्तीको नाम ? स्वर्गीय मणी शाहले नेपाली फुटबलमात्र नभई सम्पूर्ण खेलकुदलाई लगाएको त्यो गुण अहिले पनि सबैको मानसपटलमा ताजै छ ।

अन्तिम समयमा पाएको फ्रिकिकलाई शाहले दर्शनीय पारामा गोलमा परिणत गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । र, टाई ब्रेकरमा ४–३ ले बाजी मार्दै फुटबल टोलीले नेपाली खेलकुदलाई छैटौं साफमा स्वर्ण पदकविहिन हुनबाट जोगाएको थियो ।

नेपाली फुटबललाई स्वर्ण पदकको गन्तव्यमा उच्च प्रदर्शनले डोर्याएका गड गिफ्टेड खेलाडी शाहको शैली त्योसमयका विश्व फुटबलका सुपरस्टार म्याराडोनाकै जस्तो थियो । घरेलु फुटबलमा सबभन्दा धेरै खेलेको मनाङ मर्स्याङ्दीको जर्सीमा होस वा ठमेल ११, अनि कहिलेकाँही खुट्टा चलाएको आरसिटी, थ्री स्टार र आरएनएसीबाट मैदान उत्रिँदा पनि शाहको खेलमा उही जादु हुन्थ्यो । सटिक पास । डेड बलमा प्रभावकारी प्रहार । वान स्टेपमै विपक्षी पोष्टमा पावर सट हान्न सक्ने । यही कारण उनी समर्थकबाट नेपाली म्याराडोनाको नामले पुकारिन्थे ।

‘पेनाल्टी बक्स वरिपरी मणी दाईको खुट्टामा बल भए सधै डेन्जर हुन्थ्यो । त्यो पनि बायाँ खुट्टामा भए झन खतरा । उहाँ प्योर वायाँ खुट्टे खेलाडी हुनुहुन्थ्यो । विदेशीसँग खेल्दा पनि उहाँमा मिडफिल्ड र फरवार्ड दुवै पोजिसनबाट खेल्न सक्ने असाधारण क्षमता थियो,’ स्वर्ण पदक जितेको उक्त टिमका गोलकिपर उपेन्द्रमान सिंह सम्झन्छन्, ‘मणी दाईलाई विदेशीले हेप्न सक्दैनथे । मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना लिएर खेल्नुहुन्थ्यो । त्यसकारण हामीले अन्तिम समयसम्म पनि कुनै जादुको अपेक्षा गरेका थियौं । मणी दाईले उहाँमाथिको आशामा न्याय गर्नुभयो ।’
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||