माघ ४, २०८२ आइतबार | ०९:००:४२
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

मणी शाहको त्यो फ्रिकिक गोल

काठमाडौं । प्रतियोगिता थियो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)अन्तर्गतको फुटबल । खेल थियो फाइनल । प्रतिद्वन्द्वी थिए नेपाल विरुद्ध भारत । स्थान थियो बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बंगलादेश ।

दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सवमा समावेश सबै ११ खेलमा नेपालको सहभागिता थियो । तर कुनै पनि प्रतिस्पर्धामा नेपालले स्वर्ण पदक जित्न सकेको थिएन । पुरुष फुटबललाई छोड्दा ६ रजत र १५ कांस्यका साथ कुल २१ पदकमा नेपालको उपलब्धि सीमित हुने सम्भावना थियो । पुरुष फुटबलमा भारतविरुद्धको खेल जिते नेपालले छैटौं साफमा स्वर्णरहित हुनुपर्ने थिएन । अन्यथा सात रजत र १५ कांस्यमा चित्त बुझाउनुको विकल्प थिएन ।

सबै खेल सकिइसकेका थिए । अन्तिम दिन १९९३ डिसेम्बर २६ मा बंगबन्धु रंगशालाले छैटौं साफको अन्तिम स्वर्ण पदकको छिनोफानोका लागि नेपाल र भारतका राष्ट्रिय फुटबल टिमलाई आतिथ्य दिइरहेको थियो । नेपालको स्वर्ण जित्ने एकमात्र सम्भावना बोकेका कारण राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयका सबै पदाधिकारी प्यारापिटको भिआइपीमा थिए । बंगाली समर्थकको साथ पनि नेपाललाई थियो । एकप्रकारले रंगशालाको माहोल धेरै अर्थमा नेपालको पक्षमा थियो ।

तर, खेल लगातार नेपालको विपक्षमा अगाढि बढ्दै थियो । भारतले सुरुमै अग्रता लियो । संघर्षरत नेपालका लागि उमेश प्रधानले गोल गरेर खेल १–१ को बराबरीमा ल्याए । तर भारत यत्तिमै रोकिएन । मैदानको सबै पक्षमा हावी देखिएको भारतले फेरि दोस्रो पटक अग्रता लिइसकेको थियो । खेल २–१ को अवस्थामा पुर्याएपछि भारत थप एक स्वर्ण पदक जित्नेमा ढुक्क झै भइसकेको थियो ।

नेपालका लागि यो खेलको अर्थ फुटबलसँगमात्र सीमित थिएन । यो त पूरा नेपाली खेलकुदको प्रतिष्ठाको विषय थियो । रेफ्रीले अन्तिम सिठी फुक्ने बेला हुन केही बेरमात्र बाँकी थियो । नेपाली साफ टोली विना स्वर्ण पदक घर फकिर्नुपर्ने खतराको नजिक पुग्दै थियो । विस्तारै परिस्थिती सबै अर्थमा नेपालको विपक्षमा गइरहेको थियो ।

अचानक एउटा यस्तो अवसर प्राप्त भयो, जसले पूरा खेलको दृष्य फेरिदियो । मैदानमा प्रतिस्पर्धारत दुई टोलीको भाग्य परिवर्तन गर्यो । संयोगको कथा यसरी बुनियो, जसले नेपाललाई स्वर्ण र भारतलाई रजत पदकको गन्तव्य दियो । कसरी लेखियो यस्तो कथा ? कस्ले लेख्यो यो कथा ? नेपाली फुटबललाई अलिकती पनि माया गर्नेले कसरी विर्सनु ती महान हस्तीको नाम ? स्वर्गीय मणी शाहले नेपाली फुटबलमात्र नभई सम्पूर्ण खेलकुदलाई लगाएको त्यो गुण अहिले पनि सबैको मानसपटलमा ताजै छ ।

अन्तिम समयमा पाएको फ्रिकिकलाई शाहले दर्शनीय पारामा गोलमा परिणत गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । र, टाई ब्रेकरमा ४–३ ले बाजी मार्दै फुटबल टोलीले नेपाली खेलकुदलाई छैटौं साफमा स्वर्ण पदकविहिन हुनबाट जोगाएको थियो ।

नेपाली फुटबललाई स्वर्ण पदकको गन्तव्यमा उच्च प्रदर्शनले डोर्याएका गड गिफ्टेड खेलाडी शाहको शैली त्योसमयका विश्व फुटबलका सुपरस्टार म्याराडोनाकै जस्तो थियो । घरेलु फुटबलमा सबभन्दा धेरै खेलेको मनाङ मर्स्याङ्दीको जर्सीमा होस वा ठमेल ११, अनि कहिलेकाँही खुट्टा चलाएको आरसिटी, थ्री स्टार र आरएनएसीबाट मैदान उत्रिँदा पनि शाहको खेलमा उही जादु हुन्थ्यो । सटिक पास । डेड बलमा प्रभावकारी प्रहार । वान स्टेपमै विपक्षी पोष्टमा पावर सट हान्न सक्ने । यही कारण उनी समर्थकबाट नेपाली म्याराडोनाको नामले पुकारिन्थे ।

‘पेनाल्टी बक्स वरिपरी मणी दाईको खुट्टामा बल भए सधै डेन्जर हुन्थ्यो । त्यो पनि बायाँ खुट्टामा भए झन खतरा । उहाँ प्योर वायाँ खुट्टे खेलाडी हुनुहुन्थ्यो । विदेशीसँग खेल्दा पनि उहाँमा मिडफिल्ड र फरवार्ड दुवै पोजिसनबाट खेल्न सक्ने असाधारण क्षमता थियो,’ स्वर्ण पदक जितेको उक्त टिमका गोलकिपर उपेन्द्रमान सिंह सम्झन्छन्, ‘मणी दाईलाई विदेशीले हेप्न सक्दैनथे । मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना लिएर खेल्नुहुन्थ्यो । त्यसकारण हामीले अन्तिम समयसम्म पनि कुनै जादुको अपेक्षा गरेका थियौं । मणी दाईले उहाँमाथिको आशामा न्याय गर्नुभयो ।’
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate