मंसिर १५, २०८२ सोमबार | ०९:२४:३८
बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित

सुखद अन्त्यको खोजीमा इलाम, जित्नै पर्ने दबावमा ललितपुर

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत मंगलबारको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

ललितपुरविरुद्ध इलामको एउटै लक्ष्य हुनेछ, त्यो हो सान्त्वना जीत । सात खेल खेलिसकेको इलामसँग मात्र ५ अंक छ । उ अंकतालिकाको पुछारमा रहेको छ । त्यसैले ललितपुरविरुद्ध इलामको प्रतिष्ठाको लडाई हुनेछ ।

मेघराज केसीको नेतृत्वमा रहेको इलामले आज जित निकाल्न नसक्ने हो भने उसले पुछारमा रहेर जारी प्रतियोगिताको अन्त्य गर्नेछ । त्यसैले पनि ललितपुरविरुद्ध इलाम जितकै लागि मैदान उत्रिनेछ । तर, यसो भनिरहँदा इलामको लयले जित रोज्दैन । पहिलो खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग पराजित इलामले दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको थियो । त्यसयताका पाँच खेलमा इलामले स्पष्ट तीन अंक जोड्न सकेको छैन ।

इलामलाई गाह्रो किन पनि छ भने ललितपु्र जारी प्रतियोगिताको अपराजित दुई टोलीमध्ये एक हो । दुई जित र चार बराबरी खेलेको ललितपुर १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै ललितपुरले विपक्षी पोस्टमा ७ गोल गरेको छ । र उसको गोल भिन्नता चार गोलको छ । जुन प्रतियोगिताकै सबैभन्दा राम्रो गोल भिन्नता हो ।

आजको खेलको रोचक विशेषता यत्ति हो की इलाम ‘न लिनु न दिनु’ तरिकाले मैदान उत्रिनेछ । तर, प्लेअफमा स्थान बनाउने हो भने ललितपुरलाई जित अपरिहार्य छ । बराबरीले पनि आन्द्रियु गिलनको नेतृत्वमा रहेको ललितपुरलाई गाह्रो बनाउनेछ ।


भिडियो
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS