चैत्र १०, २०८२ मंगलबार | १४:१६:१४
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

नेपाल सुपर लिगः ललितपुरलाई शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आइतबार एफसी चितवनको सामना गर्दा ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा रहने अवसर छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे सुरु हुनेछ । ललितपुर चार खेलमा एक जित र तीन बराबरीको नतिजासहित ६ अंकका साथ चौथो स्थानमा छ ।

यसअघि बुटवल लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको ललितपुरले पोखरा थन्डर्स  र धनगढी एफसीसँग गोलरहित तथा वीरगंज युनाइटेडसँग २-२ को बराबरी खेलेको थियो ।

रक्षक अनन्त तामाङ मार्की तथा कप्तान रहेको ललितपुरलाई सेसेहाङ आङदेम्बे, अनिल महर्जन, निखिल कदम, ओमोलाज नुरेन करिम जस्ता खेलाडीको सुाथ रहनेछ ।

यता गोलकिपर विशाल श्रेष्ठ मार्की तथा कप्तान रहेको चितवन पनि ललितपुरलाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । पाँच अंकका साथ छैटौं स्थानमा रहेको चितवनले चार खेलमा एक जित, दुई बराबरी र एक हारको नजिता निकालेको छ ।

यसअघि पोखरा थन्डर्ससँग १-० को हार ब्यहोरेको चितवनले काठमाडौं रेजर्सलाई १-१ को बराबरीमा रोक्दा वीरगंज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो ।

चितवनलाई उत्सव राई, रोशन राना मगर, मार्को इभानोभिच, रफिक अमिनु जस्ता खेलाडीको साथ रहनेछ  । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो