माघ १५, २०८२ बिहीबार | १०:३२:३२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपाल सुपर लिगः ललितपुरलाई शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आइतबार एफसी चितवनको सामना गर्दा ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा रहने अवसर छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे सुरु हुनेछ । ललितपुर चार खेलमा एक जित र तीन बराबरीको नतिजासहित ६ अंकका साथ चौथो स्थानमा छ ।

यसअघि बुटवल लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको ललितपुरले पोखरा थन्डर्स  र धनगढी एफसीसँग गोलरहित तथा वीरगंज युनाइटेडसँग २-२ को बराबरी खेलेको थियो ।

रक्षक अनन्त तामाङ मार्की तथा कप्तान रहेको ललितपुरलाई सेसेहाङ आङदेम्बे, अनिल महर्जन, निखिल कदम, ओमोलाज नुरेन करिम जस्ता खेलाडीको सुाथ रहनेछ ।

यता गोलकिपर विशाल श्रेष्ठ मार्की तथा कप्तान रहेको चितवन पनि ललितपुरलाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । पाँच अंकका साथ छैटौं स्थानमा रहेको चितवनले चार खेलमा एक जित, दुई बराबरी र एक हारको नजिता निकालेको छ ।

यसअघि पोखरा थन्डर्ससँग १-० को हार ब्यहोरेको चितवनले काठमाडौं रेजर्सलाई १-१ को बराबरीमा रोक्दा वीरगंज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो ।

चितवनलाई उत्सव राई, रोशन राना मगर, मार्को इभानोभिच, रफिक अमिनु जस्ता खेलाडीको साथ रहनेछ  । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।