मंसिर १९, २०८२ शुक्रबार | ०१:२३:३१
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

नेपाल सुपर लिग: चितवनको ऐतिहासिक जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।

दोस्रो सिजनको तेस्रो खेलमा वीरगंजलाई २-१ ले हराउँदै चितवनले ऐतिहासिक जित हासिल गरेको हो । पहिलो संस्करणमा कुनै पनि खेलमा स्पष्ट तीन अंक नजोडेको चितवनले नौ खेलपछि विपक्षीलाई हराउन सफल भएको हो ।

जितसँगै चितवनले तीन खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित वीरगंज अंकविहिन छ ।

त्रिप्रेश्वस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा चितवनका लागि आइकोनिक खेलाडी फरवार्ड विमल घर्ती मगर र मिडफिल्डर टोरिक जेब्रीनले गोल गरे । वीरगंजका लागि एक गोल ऐकिन्स बाफोरले गरे ।

२८ औं मिनेटमा रोशनले मध्यभागको टचलाईनबाट विमललाई सुन्दर थ्रु बल निकालिदिएका थिए । जसको फाइदा उठाउँदै विमलले वान भर्सेस वानमा वीरगंजका गोलकिपर दीप कार्कीलाई बिट गरे ।

दोस्रो हाफ को सुरुआती १० मिनेट भित्रै वीरगंजले बराबरी गोल फर्कायो । युवराज खड्काले कट्ब्याक गरेको बल अबमुबारिक युसिफलाई लागेर बाहिरिएपछि वीरगंजले कर्नर पाएको थियो । प्राप्त कर्नरमा वीरगंज गोल गर्न सफल रह्यो । विलियम ओपकु एइसेडोको क्रसमा पहिलो खेल खेलिरहेका ऐकिन्सको फ्रि हेडरले दोस्रो बारको जाली चुमेको थियो । ऐकिन्सको सुन्दर हेडरलाई प्रतिक्रिया दिन चितवनका गोलकिपर विशाल श्रेष्ठले समय नै पाएनन् ।

६८ औं मिनेटमा चितवनले खेलमा पुनः अग्रता लियो । १९ यार्ड पर मिडफिल्डर टोरिक जेब्रीनले गरेको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो । यसपछि कुनै पनि गोल नहुँदा चितवनले ऐतिहासिक जित हासिल गर्यो ।

 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS