चैत्र १२, २०८२ बिहीबार | १८:१५:१६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

यमनविरुद्ध खेल्ने अन्तिम टोलीको घोषणा, अनन्त फर्किए

काठमाडौं । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत यमनविरुद्ध हुने दोस्रो चरणको दोस्रो खेलमा नेपालले अन्तिम टोली सार्वजनिक गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले २३ सदस्यीय टोलीको घोषणा गरेको हो । साँझ ७ बजे नेपालले यमनविरुद्ध खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको अन्तिम टोलीमा रक्षक अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन फर्किएका छन् । यी दुई खेलाडीले चोटका कारण युएईविरुद्धको पहिलो खेल गुमाएका थिए ।

अनन्त र दीनेशले मिडफिल्डरद्धय लाकेन लिम्बु र निशान हमालको स्थान लिएका हुन् । लाकेन बिहीबार युएईविरुद्ध सुरुआती १५ मिनेटमै घाइते भएका थिए । लाकेन मैदान फर्कन अझै केही समय लाग्ने बताइएको छ । उता पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका निशान युएईविरुद्ध मैदान उत्रिन पाएका थिएनन् ।

अनन्त र मनिष यमनविरुद्ध खेल्ने नखेल्नेमा नै अन्योलता थियो । मनिषले पनि पहिलो खेलमा चोट बोकेका थिए । अन्तिम टोलीमा स्थान बनाएसँगै यी दुई प्रमुख खेलाडीले सुरुआती रोजाईमै खेल्ने सम्भावना बढेको छ ।

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ-आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४-० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २-० को हार ब्यहोरेको थियो ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षकः सनिश श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डरः  उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, दिनेश हेन्जन 

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो