माघ १५, २०८२ बिहीबार | ०१:२८:१२
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

यमनविरुद्ध खेल्ने अन्तिम टोलीको घोषणा, अनन्त फर्किए

काठमाडौं । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत यमनविरुद्ध हुने दोस्रो चरणको दोस्रो खेलमा नेपालले अन्तिम टोली सार्वजनिक गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले २३ सदस्यीय टोलीको घोषणा गरेको हो । साँझ ७ बजे नेपालले यमनविरुद्ध खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको अन्तिम टोलीमा रक्षक अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन फर्किएका छन् । यी दुई खेलाडीले चोटका कारण युएईविरुद्धको पहिलो खेल गुमाएका थिए ।

अनन्त र दीनेशले मिडफिल्डरद्धय लाकेन लिम्बु र निशान हमालको स्थान लिएका हुन् । लाकेन बिहीबार युएईविरुद्ध सुरुआती १५ मिनेटमै घाइते भएका थिए । लाकेन मैदान फर्कन अझै केही समय लाग्ने बताइएको छ । उता पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका निशान युएईविरुद्ध मैदान उत्रिन पाएका थिएनन् ।

अनन्त र मनिष यमनविरुद्ध खेल्ने नखेल्नेमा नै अन्योलता थियो । मनिषले पनि पहिलो खेलमा चोट बोकेका थिए । अन्तिम टोलीमा स्थान बनाएसँगै यी दुई प्रमुख खेलाडीले सुरुआती रोजाईमै खेल्ने सम्भावना बढेको छ ।

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ-आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४-० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २-० को हार ब्यहोरेको थियो ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षकः सनिश श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डरः  उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, दिनेश हेन्जन 

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।