काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनोलाई पितृशोक परेको छ । अन्तर्राष्ट्रिय ब्रेक भएकाले आफ्नो परिवारसँगै मध्य पूर्व क्षेत्र दुबई घुम्न गएका पिर्मिनोलाई पितृशोक परेको हो ।
फिर्मिनोका बुवा जेशे रोबर्टोको आइतबार हृदयघातका कारण निधन भएको हो । उनी मात्र ६२ वर्षका थिए ।
आइतबार फिर्मिनोका सल्लाहकार र नजिकका साथीले यो घटनाका बारेमा ब्राजिलियन सञ्चार माध्यमलाई बताएको थियो । पार्थिव शरिरलाई दक्षिण अमेरिका ल्याउन फिर्मिनोका परिवारलाई युएईमा रहेको ब्राजिलियन दूतावाससँग सम्पर्कमा रहन भनिएको छ ।
फिर्मिनोले यसै सिजन मात्र इङ्लिस क्लब लिभरपुल छाडेका थिए । आठ वर्ष लिभरपुल बिताउनु अघि उनी जर्मनीको होफेनहाइममा व्यावसायिक फुटबल खेल्थे । अहिले उनी साउदी क्लब अल अहलीमा आबद्ध छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
