काठमाडौं । तेस्रो मालिकादेवी कप सेभेन ‘ए’ साइड नगर कप फुटबल प्रतियोगिताको उपाधिका लागि रोयल फ्यामिली र महांकाल भुमि तामाङ समाज भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रोयल फ्यामिलीले चौतारा स्पोर्टिङ क्लबलाई १-० ले पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५५ औं मिनेटमा विदेशी खेलाडी एलेक्सले गरेको एक मात्र गोल रोयल फ्यामिलीलाई जित दिलाउन पर्याप्त बन्यो ।

यसैगरी दोस्रो तथा अन्तिम सेमिफाइनलमा महांकाल भुमिले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-६ लाई ३-० ले स्तब्ध बनायो । महांकालको जितमा राम ढकालले दुई र नवीन गिरीले एक गोल गरे।
फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुनेछ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
