काठमाडौं । इङ्लिस क्लब न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४–१ ले पराजित गरेको छ ।
घरेलु मैदान सेन्ट जेम्स पार्कमा ५२ हजार समर्थकमाझ न्युक्यासलले एकपक्षिय जित निकालेको हो । च्याम्पियन्स लिगमा न्युक्यासल २० वर्षपछि जित निकाल्न सफल भएको छ । यसअघि सन् २००३ मा बार्सिलोनालाई २–० ले हराएको थियो ।
यता, उपाधि दाबेदार मानिएको पिएसजीले भने यससिजन खराब प्रदर्शन जारी राखेको छ । यसैसिजन नेयमार र लियोनल मेसीले क्लब छाडेपछि पिएसजीको उपाधि जित्ने सम्भावना कमजोर बन्दै गएको छ । केलियन एम्बाप्पेले आफ्नो प्रभाव जमाउन सकेका छैनन् ।
न्युक्यासलको जितको मिगुयल अलमिरोन, डान बर्न, सेआन लोङ्स्टाफ र फाबिअन स्चारले गोल गरेका हुन् । पिएसजीको लागि लुकास हर्नान्डेजले एक गोल फर्काएका थिए । पहिलो हाफमा दुई गोल गर्दै न्युक्यासल जिततर्फ अग्रसर भएको थियो ।
जितपछि समूह ‘एफ’ मा न्युक्यासल दुई खेलबाट चार अंकसहित शीर्षस्थानमा छ । पिएसजीको तीन र एसि मिलानको दुई अंक छ । डर्टमन्ड एक अंकसहित पुछारमा रह्यो ।
राति नै भएको खेलमा मिलान र डर्टमन्डले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् ।