काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा नटिंघम फोरेष्ट र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।
यस नतिजासँगै फोरेष्ट ५ खेलबाट सात अंकसहित आठौं स्थानमा छ । बर्नली ४ खेलबाट १ अंक जोड्दै रेलिगेशन क्षेत्रमा छ । सतप्रतिशत जितसहित साविक विजेता म्यानचेष्टर सिटी शीर्षस्थानमा छ । टोटनहम दोस्रो, लिभरपुल तेस्रो र आर्सनल चौथो स्थानमा छन ।
फोरेष्टको सिटी मैदानमा २८ हजार ९ सय ५८ समर्थकमाझ भ्रमणकारी टोली बर्नलीले अग्रता बनाएको थियो । ४१औं मिनेटमा जेकी एमडोउनीले गोल गरेका थिए । ६१औं मिनेटमा कलुम हुडसन ओडोइले बराबरी गोल गरेका हुन् ।
खेलको अन्त्यतिर बर्नली १० खेलाडीमा सिमित बनेको थियो । लिली फोस्टर रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।
भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
