माघ १७, २०८२ शनिबार | २०:५९:५६
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को इतिहासमा पहिलो पटक अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

उनीहले बिहानै एन्फा वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्कालाई इमेलमार्फत अविश्वासकाे प्रस्ताव दार्ता गराएका थिए । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासकाे  प्रस्ताव दर्दा हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए ।

‘हामीले अविश्वासकाे प्रस्ताव गर्नासाथ उहाँ (अध्यक्ष) निलम्बनमा परिसक्नु भएको छ, त्यसैले वरिष्ठ उपाध्यक्षलाई दार्दा पत्र बुझाएका हौं,’ तुलाधरले भने ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

क्लबहरुहको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनु परेको शेर्पाले बताए ।

‘उहाँहरु विधिविधानको धज्जी उडाउँदै, ठूलो अर्थिक चलखेल गर्दै अगाडि बढ्न खोज्नु भयो । फुटबल कहिल्यै उठ्न नसक्ने गरी ध्वस्त बनाउन खोज्नु भयो । त्यसैले हामीले फुटबललाई बचाउन र संस्थालाई वैधानिक बाटामो फर्काउन यो कदम चालेका हौं,’ शेर्पाले भने ।

कोरम नपुगेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा स्थगित भएको थियो ।

सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि स्थगित गर्नुपरेको हो ।

एन्फाले आइतबार कोरम नुपेगपछि साधारणसभा सोमाबार बोलाउने निर्णय गरेको थियो। अडिटर नियुक्तिको एकमात्र एजेन्डामा साधारणसभा हुँदै थियो । पुरानै अडिटरको कार्यकाल नवीकरण गर्ने एन्फाको तयारी थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।