चैत्र ९, २०८२ सोमबार | १९:०६:२४
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को इतिहासमा पहिलो पटक अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

उनीहले बिहानै एन्फा वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्कालाई इमेलमार्फत अविश्वासकाे प्रस्ताव दार्ता गराएका थिए । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासकाे  प्रस्ताव दर्दा हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए ।

‘हामीले अविश्वासकाे प्रस्ताव गर्नासाथ उहाँ (अध्यक्ष) निलम्बनमा परिसक्नु भएको छ, त्यसैले वरिष्ठ उपाध्यक्षलाई दार्दा पत्र बुझाएका हौं,’ तुलाधरले भने ।

डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

क्लबहरुहको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनु परेको शेर्पाले बताए ।

‘उहाँहरु विधिविधानको धज्जी उडाउँदै, ठूलो अर्थिक चलखेल गर्दै अगाडि बढ्न खोज्नु भयो । फुटबल कहिल्यै उठ्न नसक्ने गरी ध्वस्त बनाउन खोज्नु भयो । त्यसैले हामीले फुटबललाई बचाउन र संस्थालाई वैधानिक बाटामो फर्काउन यो कदम चालेका हौं,’ शेर्पाले भने ।

कोरम नपुगेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा स्थगित भएको थियो ।

सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि स्थगित गर्नुपरेको हो ।

एन्फाले आइतबार कोरम नुपेगपछि साधारणसभा सोमाबार बोलाउने निर्णय गरेको थियो। अडिटर नियुक्तिको एकमात्र एजेन्डामा साधारणसभा हुँदै थियो । पुरानै अडिटरको कार्यकाल नवीकरण गर्ने एन्फाको तयारी थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो