काठमाडौं । कतारी क्लब अल अरबीले इटालियन मिडफिल्डर मार्को भेराटी अनुबन्धको इच्छा देखाएको छ ।
अल अरबी फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट भेराटी भित्र्याउन चाहेको हो। विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार अल अरबीले भेराटीका लागि ५ करोड युरोको प्रस्ताव अगाडी बढाएको छ ।
सन् २०१२ मा इटालियन क्लब डेल्फिनो पेस्काराबाट पिएसजी भित्रिएका भेराटीले २ सय ७६ फ्रेन्च लिग वान खेलमा सात गोल गरेका छन्। भेराटी र पिएसजीबीचको सम्झौता सन् २०२६ सम्म छ ।
पिएसजीले यसअघि साउदी अरेबियन क्लब अल हिलालको प्रस्ताव अस्विकार गरेको थियो । यसैगरी जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख, इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि भेटारी अनुबन्ध गर्न चाहन्छन्।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
