माघ १६, २०८२ शुक्रबार | ११:५८:२८
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

राष्ट्रिय टोलीमा सात नयाँ अनुहार, विमल र देवेन्द्र बाहिर

काठमाडौं । सात नयाँ खेलाडीलाई पहिलो पटक टोलीमा समावेश गर्दै भिन्सेन्जो अल्बर्टो एनेसले म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् ।

नयाँ अनुहारलाई मौका दिएका प्रशिक्षक एनेसले आइतबार सार्वजनिक गरेको टोलीमा अनुभवी खेलाडीद्धय फरवार्ड विमल घर्ती मगर र रक्षक देवेन्द्र तामाङलाई समावेश गरेका छैनन् । 

मछिन्द्र फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका यी दुई खेलाडीले गत महिना सम्पन्न एएफसी कप छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए । विमल र देवेन्द्रसँगै प्रारम्भिक टोलीबाट अनिष देउला, विमल पाण्डे, सिमान्त थापा, अन्जल महर्जन, विवेक पौडेल, सन्तोष खत्री, कुशल फुयाल र विशाल तामाङ पनि बाहिरिएका छन् ।

टोलीमा स्थान बनाउने नयाँ अनुहारहरुमा छिरिङ लामा, आशिष गुरुङ, अन्जन राई, उत्सव राई, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलिया रहेका छन् । यसअघि टोलीमा परेको भए पनि अभिषेक बराल र कुतिशरत्न छुन्छुले डेब्यु गर्न भने बाँकी छ ।

पछिल्लो समय खेलाडीको विदेश पलायन नेपाली फुटबलको गम्भिर विषय बनेको छ । त्यसैले यसरी नयाँ खेलाडीहरुको आगमनले विभिन्न शंका, उपशंकाहरु उब्जिएका छन् । सायद धेरैको मनमा प्रश्न उठेको होला कतै टोलीमा नपरेका  खेलाडीहरुले पनि वैदेशिक बाटो रोजेको त होइनन् ?

नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डो अन्तर्गत खेल्न लागिएको हो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।