चैत्र १३, २०८२ शुक्रबार | १६:३५:३६
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

राष्ट्रिय टोलीमा सात नयाँ अनुहार, विमल र देवेन्द्र बाहिर

काठमाडौं । सात नयाँ खेलाडीलाई पहिलो पटक टोलीमा समावेश गर्दै भिन्सेन्जो अल्बर्टो एनेसले म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् ।

नयाँ अनुहारलाई मौका दिएका प्रशिक्षक एनेसले आइतबार सार्वजनिक गरेको टोलीमा अनुभवी खेलाडीद्धय फरवार्ड विमल घर्ती मगर र रक्षक देवेन्द्र तामाङलाई समावेश गरेका छैनन् । 

मछिन्द्र फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका यी दुई खेलाडीले गत महिना सम्पन्न एएफसी कप छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए । विमल र देवेन्द्रसँगै प्रारम्भिक टोलीबाट अनिष देउला, विमल पाण्डे, सिमान्त थापा, अन्जल महर्जन, विवेक पौडेल, सन्तोष खत्री, कुशल फुयाल र विशाल तामाङ पनि बाहिरिएका छन् ।

टोलीमा स्थान बनाउने नयाँ अनुहारहरुमा छिरिङ लामा, आशिष गुरुङ, अन्जन राई, उत्सव राई, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलिया रहेका छन् । यसअघि टोलीमा परेको भए पनि अभिषेक बराल र कुतिशरत्न छुन्छुले डेब्यु गर्न भने बाँकी छ ।

पछिल्लो समय खेलाडीको विदेश पलायन नेपाली फुटबलको गम्भिर विषय बनेको छ । त्यसैले यसरी नयाँ खेलाडीहरुको आगमनले विभिन्न शंका, उपशंकाहरु उब्जिएका छन् । सायद धेरैको मनमा प्रश्न उठेको होला कतै टोलीमा नपरेका  खेलाडीहरुले पनि वैदेशिक बाटो रोजेको त होइनन् ?

नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डो अन्तर्गत खेल्न लागिएको हो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो