काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब क्लब चेल्सीले फ्रेन्च रक्षक एक्सेल डिसासीलाई अनुबन्ध गरेको छ ।
चेल्सीले डिसासीलाई फ्रेन्च लिग वानको क्लब मोनाकोबाट ४५ मिलियन युरोमा भित्र्याएको हो । चेल्सी र डिसासीबीच ६ वर्षको सम्झौता भएको छ ।
वेस्ली फोफाना घुँडाको चोटका कारण मैदान बाहिर रहने हुँदा चेल्सीले उनको विकल्पका लागि २५ र्षीय डिसासीलाई अनुबन्ध गरेको हो ।
सन् २०२०मा फ्रेन्च क्लब रिम्सबाट मोनाको भित्रिएका डिसासीले क्लबका लागि ९९ लिग वान खेलमा सात गोल गरे ।
डिसासी यो सिजन चेल्सी भित्रिने चौथो खेलाडी हुन् । क्लबले यसअघि क्रिस्टोफर एककुन्कु, निकोलस ज्याक्सन र एन्जेलो गाब्रियललाई स्टामफोर्ड ब्रिज भित्र्याएको थियो ।
यसैगरी चेल्सी ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई पनि २५ मिलियन पाउण्डमा अनुबन्ध गर्न सहमत भएको छ ।
पहिलो रोजाईका गोलकिपर एडुआर्ड मेन्डी साउदी अरेबियाको क्लब अल हिलाल गएपछि चेल्सीले सान्चेजलाई भित्र्याउन लागेको हो । सान्चेजले अब पहिलो रोजाईमा स्थान बनाउन केपा एरिजाबलागासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।