काठमाडौं । जमैकाले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ ।
अस्ट्रेलियाको पर्थ रेक्टाङ्गुलर रंगशालामा शनिबार सम्पन्न खेलमा जमैकाले पानामालाई १-० ले पराजित गरेको हो । विश्वकपका जमैकाको यो पहिलो जित हो ।
जितसँगै दुई खेलमा चार अंक जोडेको जमैकाले समूह ‘एफ’ बाट अन्तिम १६ को सम्भावना जिवितै राखेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको पानामा भने समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा जमैका फ्रान्ससँग गोलरहित बराबरीमा रोकिँदा पानामा ब्राजिलसँग ४-० ले पराजित भएको थियो ।
जैकालाई जित दिलाउन एलिसन स्वाबीले गरेको एक मात्र गोल पर्याप्त बन्यो । स्वाबीले खेलको ५६ औं मिनेटमा ट्रुडी कार्टरको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएकी थिइन् ।
प्रतियोगिता अन्तर्गत शनिबार नै सम्पन्न खेलमा स्विडेनले इटालीलाई ५–० र फ्रान्सले ब्राजिललाई २–१ ले पराजित गरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
