चैत्र १७, २०८२ मंगलबार | २१:५४:४०
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको सहज जित

लिस्बन, (खेलाडी)-  स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित पोर्चुगलले लग्जमबर्गमाथि सानदार जित हात पारेको छ । 

विश्वकप छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा पोर्चुगलले लग्जमबर्गलाई ५-० को फराकिलो अन्तरले हरायो ।

आठौं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगलले अग्रता लियो । त्यसको पाँच मिनेटपछि रोनाल्डोले दोस्रो पेनाल्टी गोलमा पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । १८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगलले ३-० ले अग्रता लियो ।

६९औं मिनेटमा याओ फलिन्हाले पोर्चगलको अग्रता थप बढाए । खेल सकिन तीन मिनेट बाँकी रहँदा रोनाल्डोले ह्याट्रिक पूरा गरेसँगै पोर्चुगलले सहज जित पक्का गरेको हो ।

समूह 'ए' मा पोर्चुगल १६ अंकसहित दोसो स्थानमा छ जुन शीर्ष स्थानको सर्बिया भन्दा एक अंक कम हो । लग्जमबर्ग ६ र आयरल्यान्ड पाँच अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँचौ स्थानको अजरबैजानको एक अंक मात्र छ । 
समूह 'ए' अन्तर्गत मंगलबार भएको अन्य खेलमा सर्बियाले शीर्षता कायम राख्ने क्रममा अजरबैजानलाई ३-० ले हरायो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो