चैत्र ६, २०८२ शुक्रबार | ०६:५६:४७
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

एनएसएल मंसिरमाः एन्फा र आयोजकबीच सहमती

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी मंसिरमा सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार एनएसएल गर्न मंसिर ९ देखि पुष २१ सम्मको मितिमा एनएसएल गर्न आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम)लाई सहमती दिएको छ ।

‘हामीले आयोजक एनएसइएमले मागेकै मितिमा एनएसएल गर्न स्वीकृति दिएका छौं,’ एन्फा स्रोतले भन्यो ।

आयोजक र एन्फाबीच आउदो भदौ–असोजमा दोस्रो एनएसएल आयोजना गर्ने सम्झौता भएको थियो । तर त्यही बेला विश्वकपको छनोट पर्ने भएकाले दुवै पक्षको सहमतीमा यो मिति तय भएको स्रोतले जानकारी गरायो ।

यसअघि एन्फामा कर्माछिरिङ शेर्पाको नेतृत्व रहँदा शीर्ष डिभिजनका आठ क्लबले एनएसएलको विरोधमा आन्दोलन चलाएका कारण प्रतियोगिता लामो समय हुन सकेको थिएन ।

हालका अध्यक्ष तथा तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहले पनि फुटबल बेचेको भन्दै एनएसएलको बहानामा शेर्पाविरोधी अभियान चलाएका थिए । यसअघि नै दुई लिगको अस्तित्व रहेको देशमा तेस्रो लिग आयोजना गलत हुने आठ क्लब तथा नेम्वाङहरुको तर्क थियो ।  एनएसएलको विरोध गर्नेमा सहिद स्मारक लिगको तत्कालिन च्याम्पियन मछिन्द्र, कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, जावलाखेल युथ र फ्रेन्ड्स क्लब थिए ।

व्यावसायिक फुटबलका लागि खेलाडी अनुबन्ध गरेर खेलिरहेका क्लबहरूसँग कुनै समन्वय नगरी आफूखुसी ढंगमा एन्फा तथा एनएसइएमले तयारी थालेपछि शीर्ष डिभिजनका क्लबहरू सशंकित बनेका थिए । त्यसमाथि आयोजक र एन्फाबीचको सहमतिमा एनएसएलका टिमलाई फिफा तथा एएफसीको मान्यता दिलाउन एन्फाले पहल गर्ने जस्ता बुँदा देखेपछि त्यो शंका आक्रोशमा बदलिएको थियो । जसका कारण गत वर्ष पटक–पटक मिति तोकिए पनि एनएसएल हुन सकेन ।

गतवर्ष असारमा भएको निर्वाचनले नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति चयन गरेपछि एनएसएलको भविश्य थप अन्धकार भएको अनुमान गरिएको थियो । तर केही समयको बार्गेनिङपछि नेम्वाङ नेतृत्वले गत पुषमा भदौका लागि एनएसएल गर्न आयोजकसँग सम्झौता गरेको थियो ।

एनएसएलको प्रस्तावित दोस्रो संस्करणमा १० टोली सहभागी गराउने आयोजकको तयारी छ । गत संस्करणमा सात टिमबीच प्रतियोगिता भएको थियो । प्रस्तावित दोस्रो संस्करणमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै यसपालि थप गरिएका नयाँ क्लब झापा एफसी, मेची–इलाम र वीरगन्ज युनाइटेड छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो