माघ १६, २०८२ शुक्रबार | ०९:१४:४५
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

एनएसएल मंसिरमाः एन्फा र आयोजकबीच सहमती

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी मंसिरमा सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार एनएसएल गर्न मंसिर ९ देखि पुष २१ सम्मको मितिमा एनएसएल गर्न आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम)लाई सहमती दिएको छ ।

‘हामीले आयोजक एनएसइएमले मागेकै मितिमा एनएसएल गर्न स्वीकृति दिएका छौं,’ एन्फा स्रोतले भन्यो ।

आयोजक र एन्फाबीच आउदो भदौ–असोजमा दोस्रो एनएसएल आयोजना गर्ने सम्झौता भएको थियो । तर त्यही बेला विश्वकपको छनोट पर्ने भएकाले दुवै पक्षको सहमतीमा यो मिति तय भएको स्रोतले जानकारी गरायो ।

यसअघि एन्फामा कर्माछिरिङ शेर्पाको नेतृत्व रहँदा शीर्ष डिभिजनका आठ क्लबले एनएसएलको विरोधमा आन्दोलन चलाएका कारण प्रतियोगिता लामो समय हुन सकेको थिएन ।

हालका अध्यक्ष तथा तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहले पनि फुटबल बेचेको भन्दै एनएसएलको बहानामा शेर्पाविरोधी अभियान चलाएका थिए । यसअघि नै दुई लिगको अस्तित्व रहेको देशमा तेस्रो लिग आयोजना गलत हुने आठ क्लब तथा नेम्वाङहरुको तर्क थियो ।  एनएसएलको विरोध गर्नेमा सहिद स्मारक लिगको तत्कालिन च्याम्पियन मछिन्द्र, कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, जावलाखेल युथ र फ्रेन्ड्स क्लब थिए ।

व्यावसायिक फुटबलका लागि खेलाडी अनुबन्ध गरेर खेलिरहेका क्लबहरूसँग कुनै समन्वय नगरी आफूखुसी ढंगमा एन्फा तथा एनएसइएमले तयारी थालेपछि शीर्ष डिभिजनका क्लबहरू सशंकित बनेका थिए । त्यसमाथि आयोजक र एन्फाबीचको सहमतिमा एनएसएलका टिमलाई फिफा तथा एएफसीको मान्यता दिलाउन एन्फाले पहल गर्ने जस्ता बुँदा देखेपछि त्यो शंका आक्रोशमा बदलिएको थियो । जसका कारण गत वर्ष पटक–पटक मिति तोकिए पनि एनएसएल हुन सकेन ।

गतवर्ष असारमा भएको निर्वाचनले नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति चयन गरेपछि एनएसएलको भविश्य थप अन्धकार भएको अनुमान गरिएको थियो । तर केही समयको बार्गेनिङपछि नेम्वाङ नेतृत्वले गत पुषमा भदौका लागि एनएसएल गर्न आयोजकसँग सम्झौता गरेको थियो ।

एनएसएलको प्रस्तावित दोस्रो संस्करणमा १० टोली सहभागी गराउने आयोजकको तयारी छ । गत संस्करणमा सात टिमबीच प्रतियोगिता भएको थियो । प्रस्तावित दोस्रो संस्करणमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै यसपालि थप गरिएका नयाँ क्लब झापा एफसी, मेची–इलाम र वीरगन्ज युनाइटेड छन् ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।