चैत्र ८, २०८२ आइतबार | ००:४४:३६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पहिलो हाफमा एपिएफलाई अग्रता

फाइल फोटो

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले थ्री स्टारविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलको २३ औं मिनेटमा मणिकुमार लामाको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । मणिले कप्तान नवीन लामाको पासमा बललाई पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

३०औं मिनेटमा थ्री स्टारका योगेश गुरुङले बराबरी गर्ने सुनौलो अवसर गुमाए । अनिल महर्जनको क्रसमा एपिएफका गोलकिरप राजु योगी बिट भइसकेको अवस्थामा योगेशको प्रहार पोल नजिकैबाट बाहिरिएको थियो ।

थ्री स्टार २३ खेलमा ६ जित, नौ बराबरी र आठ हारको नतिजासहित २७ अंक जोडेर ११ औं स्थानमा छ । यो पुछारमा रहेको एफसी खुमलटारको भन्दा मात्र तीन अंक बढी हो ।

पहिल्ला १२ खेल यता जितविहिन थ्री स्टार एपिएफलाई हराउँदै जित लयमा फर्किन चाहन्छ ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयताका १२ खेलमा थ्री स्टारले समान ६ बराबरी र हारको नतिजा निकालेको छ ।

पछिल्लो खेलमा चर्च ब्वाइजसँग ४-१ को पारजय ब्यहोरेको एपिएफ पनि थ्री स्टारलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

एपिएफ २३ खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ आठौं स्थानमा छ ।

पहिलो भेटमा एपिएफले थ्री स्टारलाई २-० ले पराजित गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो