चैत्र ८, २०८२ आइतबार | २२:५८:००
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

तत्कालीन दुई सार्क गोल्डकप

तस्बिर सामाजिक सञ्जालबाट

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ भारतको बेङ्लुरुमा हुँदै छ । यो जुन २१ देखि जुलाई ३ सम्म हुने मिति तय छ ।

नेपालले चुनौती पेस गर्ने समान हैसियतको यो नै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । त्यसकै पृष्ठभूमिमा खेलाडी डटकमले यसका पुराना संस्करण के कस्तो रह्यो र त्यसमा नेपालको प्रदर्शन कस्तो रह्यो भनेर इतिहास खोज्ने प्रयास गरेको छ । यसकै पहिलो संस्करण हो यो लेख ।

दक्षिण एसियाली राष्ट्रहरूले खेल्ने फुटबलको ठूलो प्रतियोगिताका रूपमा सार्क गोल्डकप दुईपल्ट आयोजना भयो सन् १९९३ र १९९५ मा । तर, प्रतियोगिताको नाम भने साफ च्याम्पियनसिप थिएन । थियो त सार्क गोल्डकप । त्यो यही प्रतियोगिता थियो, जसले साफ च्याम्पियनसिपको जग बसालेको थियो । यिनै कारणले गर्दा कहिलेकाहीं अन्योल हुन्छ, ठ्याक्कै कहिलेदेखि साफ च्याम्पियनसिप सुरु भएको हो भनेर किटान गर्न ।

पहिलो सार्क गोल्डकप फुटबल सन् १९९३ को जुलाई १६ देखि २३ सम्म पाकिस्तानको लाहोरले आयोजना गरेको थियो । जम्माजम्मी चार टिमको मात्र सहभागिता थियो । आयोजक पाकिस्तान भइहाल्यो । त्यसपछि नेपाल, भारत र श्रीलंकाप प्रतिस्पर्धी टिम थिए । टिम नपुगेर पाकिस्तान ‘ए’ नाममा एउटा टिम पनि खेलाइयो, तर यसको खेल भने कतै औपचारिक रूपमा गणना गरिएन । अब कम टिम भएपछि समूह विभाजन पनि सम्भव भएन । लिग चरणमा प्रतियोगिता भएको थियो ।

यो त्यही प्रतियोगिता हो, जुन खेलेपछि नेपाली फुटबल टोली ढाका पुगेको थियो, दक्षिण एसियाली खेलकुदमा सहभागी प्रतिस्पर्धा गर्न । त्यसमै हो नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको । तर, नेपालको यसको छेउछाउको प्रदर्शन पनि पाकिस्तानमा रहेन ।

त्यसको समाप्तिमा जुन टिम अगाडि रह्यो, त्यही च्याम्पियन बन्ने नियमअनुसार सर्वाधिक दुई खेल जितेको भारत च्याम्पियन बन्यो । श्रीलंका दोस्रो र नेपाल तेस्रो स्थानमा रहे । आयोजक पाकिस्तान भने पुछारमा थियो । नेपालले आफूले खेलेका तीन खेलमध्ये कुनै खेलमा पनि जित निकाल्न सफल रहेन । नेपालले पाकिस्तान १-१ र श्रीलंकासँग गोलरहित बराबरी खेल्यो । त्यसपछि भारतसँग १-० ले पराजित भयो । नेपालविरुद्ध गोल गर्ने भारतीय खेलाडी थिए, आइएम विजयन ।

नेपालले प्रशिक्षक धनबहादुर बस्नेतको नेतृत्वमा खेलेको थियो भने कप्तान थिए राजुकाजी शाक्य । यो त्यही प्रतियोगिता हो, जुन खेलेपछि नेपाली फुटबल टोली ढाका पुगेको थियो, दक्षिण एसियाली खेलकुदमा सहभागी प्रतिस्पर्धा गर्न । त्यसमै हो नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको । तर, नेपालको यसको छेउछाउको प्रदर्शन पनि पाकिस्तानमा रहेन ।

पाकिस्तानसँगको बराबरीमा नेपालका लागि गोल गर्ने खेलाडी थिए, देवनारायण चौधरी । यसरी साफ च्याम्पिनसिप (सार्क गोल्डकप) मा नेपालमा पहिलो गोल गर्ने ऐतिहासिक खेलाडी रहे सदाबहार उनै देवनारायण ।

सार्क गोल्डकपको दोस्रो संस्करण सन् १९९५ मा श्रीलंकाको कोलम्बोमा भएको थियो । त्यसमा पनि सहभागी टिम संख्या पाँचमात्र रह्यो । तर, यसपालि समूह विभाजन गरेर खेलाइयो । च्याम्पियन बन्यो श्रीलंका । श्रीलंकाली फुटबलको सबैभन्दा सुखद क्षण सम्भवतः यिनै दिनहरूमा थिए । श्रीलंकाली टिम आफैंमा बलियो थियो । टिमका प्रमुख खेलाडी थिए, रोशन परेरा । उनी श्रीलंकाली फुटबलले पाएको अहिलेसम्मकै राम्रा खेलाडी हुन् ।

नेपाल समूह ‘ए’ मा थियो । त्यसमा नेपाल सुरुमै बंगलादेशसँग २-० ले पराजित भयो भने त्यसपछि पाकिस्तानलाई २-० ले हराएर सेमिफाइनल पुग्यो । नेपालका लागि हरि खड्का र बालगोपाल महर्जनले गोल गरेका थिए । सेमिफाइनलमा नेपाल श्रीलंकासँग अतिरिक्त समयको खेलेपछि २-१ ले पराजित भएको हो । नेपालबाट दीपक अमात्यले एक गोल फर्काए । नेपाली टिम फेरि एकपल्ट कप्तान राजुकाजी शाक्यकै नेतृत्वमा थियो भने प्रशिक्षकमा योगम्बर सुवाल थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो