चैत्र ११, २०८२ बुधबार | २१:४९:५३
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

‘बी’ डिभिजन लिग नभए के हुन्छ ?

काठमाडौं । ‘बी’ डिभिजन लिग कहिले हुन्छ ?

नेपाली लिग पिरामिडको दोस्रो श्रेणीका सबै १४ क्लबले सामूहिक रुपमा देशको सर्वोच्च फुटबल प्रशासन एन्फालाई गरेको प्रश्न हो यो ।

लिगका लागि भनेर लाखौं रुपैयाँ खर्च गरेर हप्तौं लामो तयारी गरिसकेका क्लबहरुले अन्तत प्रतियोगिता नै नहुने संकेत देखेपछि आइतबार सार्वजनिक रुपमै एन्फासँग प्रश्न गरे । शीर्ष डिभिजनको लिग चलिरहेका बेला च्यासल रंगशालाको प्यारापिटमा ‘बी’ डिभिजन लिगमाथिको अन्योल तत्काल चिर्ने आग्रहसहित विभिन्न प्लेकार्ड लिएर क्लबका पदाधिकारीहरु उपस्थित भए ।

मैदानमा खेलाडी उतार्नुपर्ने क्लबहरुले प्यारापिटमा पदाधिकारी उतारेको पनि तीन दिन बितिसक्यो । तर एन्फाले अझै त्यसको उत्तर दिन जरुरी ठानेको छैन ।

त्यसअघि पनि पटक-पटक ‘बी’ डिभिजन लिगका क्लबहरुले लिग हुने ग्यारेन्टी गर्न एन्फा नेतृत्वको ध्यानाकर्षण गराएका थिए । तर, पटक-पटक पत्र लेखेरै ध्यानाकर्षण गराउँदा पनि एन्फा नेतृत्वले ‘बी’ डिभिजन लिग हुने ग्यारेन्टी नगरेका कारण सांकेतिक विरोधमा उत्रिनुपरेको उनीहरुको दाबी छ ।

मैदानमा खेलाडी उतार्नुपर्ने क्लबहरुले प्यारापिटमा पदाधिकारी उतारेको पनि तीन दिन बितिसक्यो । तर एन्फाले अझै त्यसको उत्तर दिन जरुरी ठानेको छैन । १० महिनाअघिको चुनावबाट निर्वाचित भएयता एन्फा नेतृत्वतिर तेर्सिएका थुप्रै महत्वपूर्ण प्रश्नमध्ये ‘बी’ डिभिजन लिग कहिले हुन्छ ? भन्ने प्रश्न सायद सबभन्दा जटिल छ ।

यही एउटा प्रश्नको उत्तर दिन नसक्दा वा गलत उत्तर दिँदा नेपाली फुटबलको परिक्षामा वर्तमान नेतृत्व फेल हुन सक्छ । सँगै थुप्रै जटिल प्रश्नहरुले घेरिएका बेला यो एउटा प्रश्नको जिम्मेवार र व्यवहारिक जवाफ दिन सके फेल हुनै लागेको नेतृत्वलाई जोगिने आशाको त्यान्द्रो मिल्न पनि सक्छ ।

उसोत एन्फाले ‘बी’ डिभिजन लिगको विषयमा दुई पटक गलत उत्तर दिइसक्यो । एन्फाले पुस २४ मै भनिसकेको थियो, ‘बी’ डिभिजन लिग चैत १५ बाट हुन्छ भनेर । क्लबलाई टिम तयार गर्नु भनेर पत्र पनि काटेको थियो । तर भएन । किनकी सहमतिअनुसार प्रतियोगिता सुरु हुनुभन्दा ४५ दिन अगाडि क्लबलाई दिनुपर्ने तयारी रकम एन्फाले दिएन ।

फेरि फागुन १७ मा एन्फाले दोस्रो पटक भन्यो, ‘बी’ डिभिजन लिग चैत २९ बाट हुन्छ । यो मितिमा पनि भएन । यसपाली चाँही एन्फाको विवादास्पद बैठकले आफूखुसी निर्णय त गर्यो । तर स्वयम खेल्नुपर्ने क्लबहरुलाई भने जानकारी गराउनु आवश्यक ठानेन । 

निर्णयमाथि निर्णय गर्दै जाने, तर कार्यान्वयनमा सिन्को पनि नभाच्ने एन्फाको चरित्रका कारण नेपाली फुटबलको सर्वोच्च निकायको उत्तर दोस्रो डिभिजनको लिगकै विषयमा दुई पटक गलत ठहरियो । दुवै परिक्षामा एन्फा नेतृत्व फेल भयो ।

यही कारण तेस्रो पटक हचुवाको भरमा परिक्षामा सहभागी नहुने एन्फा नेतृत्वको योजना हुन सक्छ । दुवै पटक लिग सार्नुपर्दा एन्फा पदाधिकारीहरुले आर्थिक संकटलाई कारण देखाउँदै आएका छन् । आर्थिक रुपमा टाट पल्टिइसकेका बेला फेरि करोडौं रुपैयाँ खर्च हुने लिग घोषणा गरेर फेरि फेल हुन चाहनु पनि किन र ?

एन्फाको आलटाल र लिग सुरु हुनुभन्दा ४५ दिनअघि तयारी खर्च दिइसक्नुपर्ने पूर्व सहमतीका कारण असार मसान्तमा जारी २०७९-०८० को सिजन सकिनुअघि ‘बी’ डिभिजन लिग सम्पन्न हुने सम्भावना न्युन देखिन्छ । ‘सी’ को त कुरै नगरौं ।

तर नेपालभित्र फुटबल गतिविधि अगाडि बढाउनुका साथै समग्र राष्ट्रिय फुटबलको स्तर उकास्ने जिम्मेवारीको एन्फासँग गलत उत्तर दिनेमात्र होइन, उत्तर नै नदिने छुट पनि हुन सक्दैन । जवाफदेहिता त हुनैपर्छ ।

खासमा लिग भनेको कुनै पनि देशको फुटबलको मेरुदण्ड हो । यति मात्र होइन, सम्बन्धित देशको फुटबल स्तर देखाउने ऐना पनि । अनि लिग भन्नाले ‘ए’, ‘बी’ वा ‘सी’ डिभिजन र ‘सी’ डिभिजन छनोटमध्ये कुनै एक वा दुईमात्र होइन । यी सबै श्रेणीका प्रतियोगिताहरुको समग्र प्याकेज हो, लिग । यही भएर लिगको पिरामिडको चर्चा बारम्बार गरिन्छ । लिगको विषयमा कुराकानी गर्दा समग्र पिरामिडको वारेमा चासो राखिन्छ ।

एन्फाले दुई पटक ढाँटिसकेको अवस्थामा तेस्रो पटक मिति तोक्न समेत आलटाल गरिरहेको छ । एन्फाको आलटाल र लिग सुरु हुनुभन्दा ४५ दिनअघि तयारी खर्च दिइसक्नुपर्ने पूर्व सहमतीका कारण असार मसान्तमा जारी २०७९-०८० को सिजन सकिनुअघि ‘बी’ डिभिजन लिग सम्पन्न हुने सम्भावना न्युन देखिन्छ । ‘सी’ को त कुरै नगरौं । त्यसका लागि तत्काल क्लब र एन्फाबीच नयाँ सहमती भएर तुरुन्तै लिग सुरु गर्नु जरुरी हुन्छ ।

यस्तोमा अर्को एउटा स्वभाविक प्रश्न खडा हुन्छ, ‘बी’ डिभिजन लिग यही सिजनमा भएन भने के हुन्छ ?

पहिलो कुरा समग्र लिगको पिरामिड भत्किन्छ । अनि सँगै शीर्ष डिभिजनबाट रेलिगेसनमा परेका दुई टिमले आगामी सिजन कहाँ खेल्ने र तिनको ठाउँमा कहाँबाट दुई टिम ल्याउने भन्ने अर्को प्रश्न थपिन्छ । एन्फाको विधानले नै शीर्ष डिभिजनमा १४ क्लब रहने कल्पना गरेको छ । तर ‘बी’ डिभिजन लिग भएन भने विधानको त्यो अवधारणाविपरित शीर्ष डिभिजनमा १२ क्लब मात्र हुन्छन्, अनि ‘बी’ डिभिजनमा १६ । यसैगरी ‘सी’ डिभिजन छनोटबाट दुई क्लब बढुवा भइसकेकाले तल्लो श्रेणीमा पनि १६ क्लब रहनेछन् ।

दोस्रो भनेको ‘बी’ डिभिजन लिगका १४ क्लबसँग संलग्न हुन सक्ने ५ सय हाराहारीका खेलाडी, प्रशिक्षक, रेफ्री, अधिकारीहरु बेरोजगार हुनेछन् । त्यसो हुँदा स्वभाविक रुपमा तल्लो तहदेखि नै फुटबल विकासको प्रक्रियामा धक्का लाग्नेछ । नयाँ प्रतिभाहरु आउने ढोका बन्द हुनेछ ।

सम्झौतामा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनै श्रेणीका लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकटका लागि एमडिएससीले एन्फालाई १ करोड ९७ लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । अब ‘बी’ डिभिजन लिग नभए एमडिएससी कानुनी रुपमा एन्फालाई सम्झौताअनुसारको रकम दिन बाध्य हुने छैन ।

तेस्रो र महत्वपूर्ण कुरा एन्फाले टेलिभिजन प्रशारण अधिकार तथा टिकट विक्रीको ठेक्का एमडिएससी कम्पनीलाई दिँदा गरेको सम्झौता पनि प्रभावित हुन्छ । सम्झौतामा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनै श्रेणीका लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकटका लागि एमडिएससीले एन्फालाई १ करोड ९७ लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । अब ‘बी’ डिभिजन लिग नभए एमडिएससी कानुनी रुपमा एन्फालाई सम्झौताअनुसारको रकम दिन बाध्य हुने छैन । अनि सँगै तीनै तहका लिगका लागि भन्दै एन्फाका विभिन्न पदाधिकारीलाई दिइएका नियुक्ति पनि प्रभावित हुनेछन् ।

समग्रमा भन्नुपर्दा मैदानभित्र पनि नेपाली फुटबल दुर्घटनामा पर्नेछ । उसोभए दुर्घटनाउन्मुख नेपाली फुटबललाई जोगाउने कसरी त ?

एन्फाले बुधबार ‘बी’ डिभिजन क्लबलाई छलफलका लागि बोलाएको छ । त्यहाँबाट असारभित्रै सकिने गरि लिग सुरु गर्ने सहमती गरे सबभन्दा राम्रो । त्यसो हुन नसके सहमतीमा जारी सिजनलाई केही महिना लम्ब्याएर भदौमा ‘बी’ र ‘सी’ डिभिजनका लिग एकसाथ गर्ने सहमती गरेर त्यहीअनुसार इमान्दार तयारी थालिहाल्ने । असोजमा सकिने गरी हुने त्यो लिगबाट बढुवा हुने क्लबलाई केही महिनाको बीचमै सुरु हुने नयाँ सिजनमा शीर्ष डिभिजनको लिग खेल्न विशेष प्याकेजका साथ मनाउने पनि उपाय हुन सक्छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो