मंसिर १६, २०८२ मंगलबार | ०७:०६:५१
नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

गौरीगङ्गा गोल्ड कपः कोहलपुर रेसिङ सहारा सेमिफाइनलमा

कैलाली । कैलालीको गौरीगङ्गामा जारी जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले बुधबार एपिएफमाथि ३-१ को जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको छ ।

१५औं मिनेटमा प्राप्त पेनाल्टीमा एपिएफले अग्रता लिए पनि उत्कृष्ट पुनरागमन जनाउँदै रेसिङ सहाराले सेमिफाइनलको यात्रा पक्का गर्यो । पेनाल्टी बक्स भित्र रेसिङका खेलाडीको हातमा बल लागेपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै आस तामाङले एपिएफलाई अग्रता दिलाएका थिए ।

गोल खाएपछि रेसिङ सहाराले खेलमा पुनरागमनको कथा रच्यो । टोलीका लागि अविनाश थापाले दुई तथा कृष्ण क्षेत्रीले एक गोलमा नाम लेखाए । अविनाशले २८औं मिनेटमा बराबरी गोल गरेपछि कृष्णले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा रेसिङ सहाराका लागि गोल गर्दै २-१ को अग्रता दिलाए । समय  सकिन तीन मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल गर्दै अविनाशले रेसिङ सहाराको जित पक्का गरे । रेसिङ सहाराको जितमा दुई गोलका साथ महत्वपूर्ण भूमिका निर्वाह गरेका अविनाश खेलको म्यान अफ दी म्याच चुनिए ।

यही चैत ३० गतेसम्म चल्ने प्रतियोगितामा बिहीबार बाजुराको रानीवन क्लब र नेपाल पुलिसको टिमले एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक गौरीगङ्गा-११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बल गरि १० टिमको सहभागिता छ । 

प्रतियोगिताको विजेताले नगद ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE