क्रिस्टियानो रोनाल्डो

रोनाल्डोको कीर्तिमानी खेल

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च अन्तर्राष्ट्रिय क्याप जित्ने कीर्तिमान बनाएका छन् । युरो २०२४ छनोटअन्तर्गत लिचेस्टाइनविरुद्ध ४–० को जित निकाल्दा मैदान उत्रिएका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलसँख्या एक सय ९७ बनाएका हुन् ।

३८ वर्षीय रोनाल्डो अन्तिम वर्ष पोर्चुगलको प्लेइङ लिस्टबाट बाहिर रहे । ‘रेकर्डले धेरै प्रेरणा दिन्छ,’ रोनाल्डोले भने । ‘म यहाँ रोकिने छैन, अझै खेल्न तयार छु ।’

रोनाल्डोले सन् २००३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । मोरक्कोसँग कतार विश्वकपको क्वार्टरफाइलनमा पराजित हुुँदा रोनाल्डोले फरक पाँच विश्वकप खेल्ने र गोल गर्ने कीर्तिमान राखेका थिए ।

हाल भने रोनाल्डो साउदी प्रो लिग अल नासरमा अनुबन्ध छन् । त्यसअघि म्याचनेस्टर युनाइटेड छाडेका थिए । पाँच पटक बालोन डि ओर विजेता रोनाल्डोले अन्तर्राष्ट्रिय गोल एक सय १८ पु¥याएका छन् ।

युरो छनोट समूह जेमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० ले पराजित गर्याे । पोर्चुगलको जितमा रोनालडोले दुई गोल गरे भने जोआओ कन्सेलो र बर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए ।