ह्यारी केन

केनको कीर्तिमानसँगै इङ्ल्यान्डले इटालीलाई हरायो

काठमाडौं । ह्यारी केन उच्च गोल गर्ने खेलाडी बनेको खेलमा इङ्ल्यान्डले इटालीलाई २–१ ले पराजित गरेको छ । बिहीबार राति युरो कप छनोट २०२४अन्तर्गत समूह सी को खेलमा केन इङ्ल्यान्डको उच्च गोलकर्ता बनेका हुन् । 

केनले वायन रोनीको कीर्तिमान तोडेका हुन् । केनले सवै खाले प्रतियोगितामा ५४ गोल गरेका छन् ।

स्ट्राइकर ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै मध्यान्तरअघि २–०को अग्रता बनाएका थिए । इटाली किपर जिआनलुइजी डोनारुम्बा पेनाल्टी रोक्न असफल भए । १३औं मिनेटमा डिक्लेन रिसले गोल गर्दै अग्रता दिलाएका थिए ।

इङ्ल्यान्डले इटालीलाई उसैको मैदानमा ६२ वर्षपछि हराएको हो ।घरेलु टोलीबाट डेब्यु खेलका माथोओ रेटगुइले ५६ मिनेटमा गोल गरेपनि हार टार्न सकेनन् । इङ्ल्यान्डका लुक स दोस्रो पहेँलो कार्ड पाउँदै ८०औं मैदान छाडेका थिए ।

कतार विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग पराजित हुँदै इङ्ल्यान्ड उपाधि जित्नबाट बञ्चित भएको थियो । जहाँ ह्यारी केनले पेनाल्टी चुकाएका थिए ।

डिअगो अर्मान्डो म्यारोनोना मैदानमा जितसँँगै इङ्ल्यान्डले सन् २०२० को युरो फाइनलमा बेहोरेको हारको बदला लिएको छ ।