वैशाख ३०, २०८२ मंगलबार | १०:३९:४९
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

एन्फा कार्यसमितीको निर्णयप्रति असन्तुष्ट सदस्यको असहमती

फाइल फोटो

काठमाडौं । गएको फागुन १७ मा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्य समितीको निर्णयप्रति १२ असन्तुष्ट सदस्यले असहमती जनाएका छन् ।

उनीहरुले बुधबार नै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इमेलमार्फत पत्र बुझाएका थिए । 

विवादका बाबजुत पनि एन्फा कार्यसमिती बैठकले राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनासीलाई नियुक्त गर्ने,सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल र अरुणमान जोशी तथा सह कोषाध्यक्षमा पूर्णमान चित्रकारलाई नियुक्त गर्ने लगायतका विभिन्न २० वटा निर्णय गरेको थियो ।

एन्फा कार्यसमित बैठकमा आफ्नो किर्ते हस्ताक्षर गरेको भन्दै सदस्य भरत बुढ थापाले एन्फा अध्यक्षलाई जानकारी गराएका थिए । यसैगरी अर्का सदस्य टीका लामाले आफूले हस्ताक्षर गरे पनि बहुमत सदस्यकाे एजेन्डा थप गर्ने  मागलाई सम्वोधन नगरिएको हुँदा आफ्ना हस्ताक्षर फिर्ता गर्न  अध्यक्षलाई पत्र लेख्दै  बैठकबाट बाहिरिएका थिए ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका थिए ।

उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक संचालन हुन नसक्ने अडान राखेका थिए । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए । 

एन्फा सचिवालयले १९ एजेन्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक विक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् ।

२१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्ष र ९ सदस्यसहित १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगी माग गरेका थिए ।

यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमूखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । तर पछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पाँडेलाई आफ्नो व्यक्तिगत सल्लाहकारमा नियुक्त गर्दै त्यो संकट टारेका थिए ।

यसका साथै गत नोभेम्बर/ डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढि टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेन्डा थपको पत्रमा उल्लेख छ ।

यसैगरि एसियाली फुटबल महासंघ (एएफसी) का विभिन्न समितिका लागि नाम सिफारिस गर्ने सम्बन्धमा, उमेर समूह र सिनियर राष्ट्रिय (महिला तथा पुरुष) विजेता टिमका खेलाडीहरुलाई घोषित पुरस्कार वितरण गर्ने सम्बन्धमा तथा गएको असोज १२ गते विशेष साधारणसभाबाट नियुक्त भएका न्यायीक निकायको सदाचार परिक्षण सम्बन्धमा पनि कार्यसमिति बैठकमा छलफल हुनुपर्ने माग राखिएको थियो ।

एन्फा बिधानको धारा ४० को दफा (१) बमोजिम बहुमत सदस्यहरूको उपस्थित नभए सम्म छलफल अगाडि बढ्ने छैन भन्ने स्पष्ट व्यबस्था गरेको छ। साथै सोही धारा को दफा २ मा बहुमत सदस्यहरुद्वारा (५० प्रतिशत) निर्णय गर्न सकिने छ र अध्यक्षले मत बराबर भएको अबस्थामा मात्र निर्णयक मत दिन पाउने ब्यवस्था छ ।

उनीहरुले यसरी किर्ते हस्ताक्षर गरी बैठकको कोरम पुर्याएर गरिएको निर्णयहरु विधी, विधान, पद्धती  विपरित र अवैधानिक भएको हुँदा सम्पूर्ण निर्णयहरुमा असहमती जनाउदै अवैधानिक निर्णय खारेजीको माग गरेका छन् । 

यस्ता छन् एन्फा कार्यसमिती बैठकले गरेका निर्णय


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP