वैशाख ३०, २०८२ मंगलबार | १०:३५:५३
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

इटाली र इङ्ल्यान्ड भिड्दै

काठमाडौं । युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा बिहीबार साबिक विजेता इटाली र उपविजेता इङ्ल्यान्ड आमने सामने हुँदैछन् ।

इटालीले अघिल्लो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो ।

समूह ‘सी’ अन्तर्गतको खेल इटालीको स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा नेपाली समयअनुसार राति १ः३० बजे सुरु हुनेछ । 

 इङ्ल्यान्डलाई पराजित गर्दै इटाली छनोटको सुखद सुरुआत गर्ने सोचमा छ । इटालीले पछिल्ला पाँच खेलमा तीन जित र दुई हारको नतिजा निकालेको छ ।

रोबर्टो मान्चिनीको नेतृत्वमा मैदान उत्रिने इटालीलाई जियानलुइजी डोनारुम्मा,फेडेरिको डिमार्को, जिर्जिन्हो, मार्को भेराटी, फेडेरिको चेइसा जस्ता खेलाडीको साथ रहनेछ । 
पछिल्ला पाँच खेलमा तीन जित तथा समान एक हार र बराबरीको नतिजा निकालेको इङ्ल्यान्ड पनि जितका साथ छनोटको सुरुआत गर्ने लक्ष्यमा हुनेछ ।

गारेथ साउथगेटको नेतृत्वमा रहने इङ्ल्यान्ड, ह्यारी केन, बेन चिलवेल, जुड बेलिङघम, बुकायो साका, मेसन माउन्ट जस्ता खेलाडीमा निर्भर रहनेछ ।

इतिहासलाई हेर्ने हो भने इटाली नै बलियो देखिन्छ । हालसम्म यी दुईले ३० खेलमा एक अर्काको सामना गर्दा इटालीले १३ तथा इङ्ल्यान्डले आठ खेल आफ्नो पक्षमा पारेका छन् । नौ खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक सन् १९३३ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो । युरोपियन फुटबल महासंघ (युइएफए) नेसन्स लिग अन्तर्गत सन् २०२२ मा भएको पछिल्लो भेटमा इटाली १-० ले विजयी भएको थियो ।

इङ्ल्यान्डले इटालीलाई पछिल्लो पटक सन् २०१२ मा भएको मैत्रीपूर्ण खेलमा २-१ ले पराजित गरेको थियो । त्यसयता भएका ६ खेलमा इटाली तीन खेलमा विजयी हुँदा तीन खेल बराबरीमा सकिएको छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP