इटालियन सिरी ए

ओसिहेम भित्र्याउने दौडमा युनाइटेड र चेल्सी

काठमाडौं । इटालियन क्लब नेपोलीका नाइजेरियन स्ट्राइकर भिक्टर ओसिहेन भित्र्याउने दौडमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सी अगाडी देखिएका छन् ।

जारी सिजन नेपोलीका लागि उत्कृष्ट प्रदर्शन गरिहेकका ओसिहेन ठूला क्लबको नजरमा परेका हुन् । उनले यस सिजन २९ खेल खेल्दा २५ गोल गरिसकेका छन् ।

विभिन्न संञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने ओसिहेन भित्र्याउने दौडमा चेल्सी भन्दा युनाइटेड युनाइटेड अघि देखिएको छ ।

युनाइटेड र चेल्सीले ओसिहेन अनुबन्धका लागि नेपोलीसँग छलफल गरिहेको बताइएको छ । रिपोर्टका अनुसार नेपोलीले ओसिहेनका लागि एक सय ३२ मिलियन पाउन्ड सम्मको प्रस्ताव गर्न सक्छ ।

ओसिहेनको उत्कृष्ट प्रदर्शनप्रेरित नेपोली सन् १९९० पछि पहिलो पटक लिग जित्ने संघारमा छ । नेपोलीले हाल शीर्ष स्थानमा १९ अंकको फराकिलो अग्रता लिएको छ ।

यसैगरी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ( पिएसजी) ओसिहेन अनुबन्धका लागि यी दुई इङ्लिस क्लबलाई टक्कर दिने योजनामा रहेको बताइएको छ ।

सन् २०२० मा फ्रेन्च क्लब लिलबाट नेपोली भित्रिएका ओसिहेनले क्लब लागि ७४ लिग खेलमा ४५ गोल गरेका छन् ।