मेसुट ओजिल

ब्यवसायिक फुटबलबाट ओजिलको संन्यास

काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले ३४ वर्षको उमेरमा ब्यवसायिक फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् ।

आर्सनल र रियल मड्रिडका पूर्व मिडफिल्डर ओजिलले सामाजिक संजालमार्फत संन्यासको घोषणा गरेका हुन् ।

‘मैले १७ वर्ष एक व्यवसायिक फुटबल खेलाडी बन्ने विशेषाधिकार पाएको छु र म यो अवसरको लागि सबैप्रती आभर महसुस गर्छु,’ ओजिलले लेखेका छन्, ुयो  यात्रा निकै अविस्मरणीय क र भावनाले भरिएको

ओजिलले पछिल्लो समय टर्किस क्लब इस्तानबुल बासाकसेहिरबाट खेलिरहेका थिए ।

ओजिलले अन्तराष्ट्रिय फुटबलबाट भने २०१८ मै सन्यास लिएका थिए । सन् २००९ मा जर्मनीको टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेलमा २३ गोल गरेका छन् ।

ओजिलले जर्मनीलाई  सन् २०१४ को विश्वकप  उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।