चैत्र १८, २०८२ बुधबार | ०९:१७:५१
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

मैले गोलको कुनै लक्ष्य निर्धारण गरेको छैनः हाल्यान्ड

काठमाडाैं । इङ्लिस क्लब म्यानचेस्टर सिटीको स्ट्राइकर एर्लिङ हाल्यान्डले जारी सिजनमा आफुले  गोलको कुनै लक्ष्य निर्धारण नगरेको बताएका छन् ।

नर्वेका हाल्यान्डले एफए कपको क्वार्टरफाइनमा बर्नेलीविरुद्ध ६-० को प्रभावशाली जित निकाल्दा ह्याट्रिक पुरा गरेका थिए । पाँच दिनअघि हाल्यान्डले च्याम्पियन्स लिगमा आरबी लाइपजिकविरुद्ध पाँच गोल गरेका थिए । यो ह्याट्रिकसँगै हाल्यान्डले सिजनको ४२ औं गोल पूरा गरेका छन् ।

यससँगै हाल्यान्ड एकै सिजनमा ४० भन्दा बढी गोल गर्ने छैटौं प्रिमियर लिग खेलाडी बनेका छन् । यसैगरी  हाल्यान्ड  सन् २०१८ पछि एकै सिजनमा ४० भन्दा माथि गोल गर्ने पहिलो प्रिमियर लिग खेलाडी हुन् ।

सन् २०१८ मा मोहम्मद सलाहले ४४ र ह्यारी केनले ४१ गोल गरेका थिए ।  

‘हरेक गोलले मेरो लागि धेरै अर्थ राख्छ, त्यसैले मैले यो सिजनमा गोलको कुनै लक्ष्य निर्धारण गरेको छैन,’ हाल्यान्डले भने,‘हामी सिजनको मध्यान्तर तीर आइपुगेका छौं । हामीले  अझै उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । अन्तर्राष्ट्रिय विश्राम अघिको यो लयले उर्जा प्रदान गरेको छ ।यसबीचमा आफुलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नेछु । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो