चैत्र ६, २०८२ शुक्रबार | ००:१८:३४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

विवादास्पद एन्फा कार्यसमिती बैठकको निर्णय सार्वजनिकः जोशीको संयोजकत्वमा तीन सदस्यीय खरिद तथा मुल्याङकन समिती गठन

काठमाडौं । अध्यक्ष पंकजविक्रम नेम्वाङ एक्लौटी ढंगले अघि बढेको भन्दै विवादास्पद बनेका अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिती बैठकको निर्णय सार्वजनिक भएको छ । 

फागुन १७ गते बसेको बैठकको निर्णय १४ दिन भित्रमा कार्यसमिती सदस्यहरुलाई उपलब्ध गराउनु पर्ने नियम रहेको छ । जसअनुसार आज सदस्यहरुले कार्यसमितीको निर्णय प्राप्त गरेका हुन । 

बैठकले केन्द्रिय सदस्य मनिश जोशीको संयोजकत्वमा तीन सदस्यीय खरिद तथा मुल्याङकन समिती गठन गरेको छ । सो समितीको सदस्यमा वसन्तराज अर्याल र दामोदर भट्टराई रहेका छन । यसै बैठकले अर्याल र भट्टराईका साथै अरुणमान जोशीलाई सहमहासचिवमा नियुक्त गरेको थियो । 

त्यस्तै बैठकले नेपाली महिला राष्ट्रिय टोलीकी गिता राना तथा यु २० टोलीकी कुसुम खतिवडा र अञ्जली चन्दको उपचार गर्न क्रममा खर्च भएको ५ लाख ५० हजार ९ सय १० रुपैयाँ भुक्तानी गरिएकोमा सो रकम अनुमोदन गरेको छ । साथै राष्ट्रिय टोलीकी पुजा रानाको उपचारमा भुक्तानी भएको २८ हजार ३ सय ८४ रुयैयाँ पनि अनुमोदन गरेको छ । 

बैठकले सहिद स्मारक ए, बी र सी डिभिजन लिगको मार्केटिङ, कमर्सियल, ब्रोडकास्टिङ, डिजिटल, टिकेटिङको अधिकारका लागि १ करोड ९७ लाख रुपैयाँमा एमडिएसी स्पोर्टस प्राइभेट लिमिटेडलाई दिने निर्णय समेत अनुमोदन गरेको छ । त्यस्तै ए, बी र सी डिभिजन लिगका लागि सचिवालयबाट नियुक्त गरिएका लिग म्यानेजर दिपेश तिमल्सिनाको नियुक्तीअनुमोदन गरिएको छ । 

बैठकले एकेडेमी संचालनका लागि रौतहटको एकेडेमीको कानुनी समस्या समाधान गर्न रौतहट वा अन्य कुनै स्थानमा महिला यु १४ उमेर समूहको एकेडेमी संचालन गर्ने निर्णय गरेको छ । 

बैठकले विभिन्न समितीको संयोजकहरु पनि तोकेको छ । जसअनुसार प्रतियोगिता समितीको संयोजकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का रहेका छन भने प्राबिधिक समितीको संयोजकमा पुरुषोत्तम थापा, कानुन समितीको संयोजकमा अनिल मल्ल,राष्ट्रिय टिम तयारी समितीको संयोजकमा मनिश जोशी रहेका छन । साथै बैठकले सिइओ नियुक्तीका लागि सुचना प्रकाशन गर्ने निर्णय समेत गरेको छ । 

बैठकले वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक खड्कालाई सहिद स्मारक ए, बी र सी डिभिजन लिग, प्रधानमन्त्रीकप थ्री नेसन्स कप र महिला ओलम्पिक क्वालिफायरमा पूर्णकालिन समय दिनु पर्ने भएकाले फागुन १ बाट लागु हुने गरि जेठ मसान्तसम्मका लागि मासिक ९९ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । 

विवादित बैठक बहिस्कार गरेका एक सदस्यले एन्फाको इतिहासमै पहिलो पटक पदाधिकारीलाई मासिक तलब सुबिधा उपलब्ध गराएको बताए ।

‘एन्फा इतिहासमा पहिलो पटक पदाधिकारीका लागि विभिन्न शीर्षक राखेर मासिक तलब सुबिधा उपलब्ध गराइने निर्णय भएको रहेछ’, ती सदस्यले भने, ‘हामीले अध्यक्षले एक्लौटी निर्णय गर्न थालेसँगै बैठक बहिस्कार गरेर हिडेका थियौ । आज सो विवादित बैठकको निर्णय आइपुगेको छ ।’

उपाध्यक्ष विराटजंग शाही, दिपक खतिवडा र दिर्घबहादुर केसीसहित नौ जनाले बैठक बहिस्कार गरेका थिए । उनीहरुले महासचिव किरण राई र कोषध्यक्ष रवीन्द्र जोशीको बर्खास्तगीको मागलाई एजेन्डामा समावेश गर्ने पर्ने भन्दै निवेदन दिए पनि अध्यक्ष नेम्वाङले सो एजैन्डा थप गर्न अस्विकार गरेसँगै बैठक विवादित बनेको थियो । उनीहरुले बीचमै बैठक बहिस्कार गरेका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो