चन्द्रपुर मेयर गोल्डकप

चन्द्रपुर मेयर गोल्डकपः कृपाको निर्णायक गोलमा वीरगञ्ज फाइनलमा

काठमाडौं । कृपा चौधरीको निर्णायक गोलमा बागमती युवा क्लबलाई १-० ले पराजित गर्दै वीरगञ्ज युनाइटेड रौतहटको चन्द्रपुरमा जारी चन्द्रपुर मेयर गोल्डकप-२०७९ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलको ५४औं मिनेटमा कृपाले  निर्णायक  गोल गरेका थिए ।

खेलको प्लेअर अफ दी म्याचसमेत चुनिएका कृपाले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विरगञ्जले अब उपाधिका लागि बेङ्खडी युवा क्लब र नव जन जागृति युवा क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ ।

रौतहट जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा आठ टोलीको सहभागिता छ । चैत चार गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताको एक उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।