वैशाख ३०, २०८२ मंगलबार | १०:४७:०५
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

मनाङको दोस्रो जित, एनआरटी ३-१ ले पराजित

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत बुधबार सम्पन्न खेलमा न्युरोड टिम(एनआरटी) माथि ३-१ को जित हासिल गरेको छ ।

यस जितसँगै मनाङले चार खेलमा आठ अंक जोड्दा पराजय ब्यहोरेको एनआटीको समान खेलबाट एक अंक छ । 

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई लिगमा दोस्रो जित दिलाउन रोशन राना मगर, साइड्जामोल डेब्लातजोनोभ र कोफी कोडोले एक एक गोल गरे । एनआरटीका लागि अशोक थापाले सान्त्वना गोल फर्काए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा दुई गोल थपेको हो ।

 ३९ औं मिनेटमा रोशनले रन्दिप पौडेलको पासमा दोस्रो बारमा प्रहार गरेको बलले जाली चुम्दा मनाङले अग्रता लियो ।

दोस्रो गोल मनाङले ६६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । 

 एनआरटीका गौरव श्रेष्ठले डेब्लातजोनोभ लाई डिबक्स भित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । जसलाई डेब्लातजोनोभले नै सदुपयोग गरे । गोलकिपर पुजनले सहि दिशामा डाइभ गरे पनि बचाउन सकेनन् । डेब्लातजोनोभ, गोल गरेको एक मिनेटअघि मात्र मैदान प्रवेश गरेका थिए ।

निर्धारित ९० मिनेट सकिन ३ मिनेट बाकी छँदा मनाङले तेस्रो गोल गर्यो। कोडोले मध्यभागबाट तीन डिफेन्डरलाई बिट गर्दै सुन्दर सोलो गोल गरे ।

इन्जुरी समयमा गौरवको क्रसमा अशोकले हेडेड गोल गर्दै एनआरटीका लागि एक गोल फर्काए ।

 दुवै टोलीले केही अवसरहरु सृजना गरे पनि गोल भने गर्न सकेनन् । २१ औं मिनेटमा मनाङका कोफी कोडुको प्रहार बाहिरिएको थियो । त्यसको पाँच मिनेटपछि एनआरटीका लागि पछिल्ला खेलका म्यान अफ दि म्याच लालनुन्जामाको प्रहार पनि आकाशिएको थियो ।

३२ औं मिनेटमा एनआरटीका कृतिस रत्न छुन्जुको पासमा रोहन खड्गीको प्रहार मनाङका गोलकिपर तथा कप्तान दीप कार्कीले बचाए । त्यसको तीन मिनेटमा मनाङका कमल थापाको फ्रि किक क्रसमा सहिद अजिजले गरेको हेडर एनआरटीका गोलकिपर तथा कप्तान पुजन होनाले बचाए ।

६६ औं मिनेटमा मनाङका कोडोको हेडर दीपले बचाए । कोडुलाई केही सेकेन्ड्स अगाडि मात्र मैदान प्रवेश गरेका साइड्जामोल डेब्लातजोनोभले क्रस गरेका थिए ।

दोस्रो हाफको सुरुवाती आठ मिनेटमै सुमित श्रेष्ठको शक्तिशाली प्रहार पुजनले बचाएका थिए । त्यसको तीन मिनेटपछि दीपले दिपेश आले मगरको प्रहार बचाएपछि एनआरटी बराबरी गोल गर्नबाट बन्चित भयो । दीपेशले लालनुनजामाको पासमा बल टर्न गर्दै प्रहार गरेका थिए ।

मनाङले अब चैत चार गते दशरथ रंशालामा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । एनआटीले सोही दिन दशरथ रंगशालामै अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । 

 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP