माघ १६, २०८२ शुक्रबार | ०८:५२:३२
ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

संकटालाई युक्यान र निलडेभिडको साथ

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजनको क्लब संकटाले प्रायोजकको रुपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक युक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।

संकटाले शनिबार दुवै पक्षसँग छुट्टाछुट्टै प्रायोजन सम्झौता गरेको हो। संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर तथा युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सम्झौतापत्र आदानप्रदान गरे ।

संकटाले युक्यानसँग आधिकारिक खेल सामाग्री प्रायोजकको रुपमा सम्झौता गरेको हो । सो सम्झौताअनुसार युक्यानले संकटालाई वार्षिक रुपमा ६ देखी सात लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गर्नेछ ।

यसैगरी अध्यक्ष तुलाधरले निलडेभिड एकेडेमीका अनुराग कँडेलले पनि सम्झौतापत्र आदानप्रदान गरेका छन् । संकटाले निलडेभिड एकेडेमीलाई स्टायलिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सो सम्झौता अनुसार एकेडेमीले संकटा क्लबका खेलाडीहरूलाई स्टाइलिस बनाउने कार्य गर्नेछ । यसैगरी संकटाको जर्सीमा निलडेभिड एकेडेमीको लोगो अंकित हुनेछ ।

प्रायोजन सम्झौतामा अध्यक्ष तुलाधरले यस सत्रमा संकटाले आफ्नो पुरानो गौरव फर्काउन र लिग उपाधि जित्ने लक्ष्यसहित तयार गरेको जानकारी दिएका छन् । उहाँका अनुसार संकटाले यस सत्रको लिगका लागि दुई करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यसपटक संकटाले गत सत्रमा मछिन्द्र फुटबल क्लबलाई लिग उपाधि जित्न महत्वपूर्ण योगदान दिने सुनील बल, मनिष डाँगी, आयुष घलानजस्ता घरेलु फुटबलका शीर्ष नामहरुलाई पनि टाेलीमा भित्र्याएको छ । अध्यक्ष तुलाधरले अन्य खेलाडी भित्र्याउने प्रयास भइरहहेको पनि जानकारी दिए ।

यस लिगका लागि प्रशिक्षण सल्यान खड्गी पनि संकटामा फर्किएका  छन्। संकटा तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितिसकेको क्लब हो । सकटा २०३६, २०४० र २०४२ मा लिग च्याम्पियन बनेको थियो ।

शुक्रबार सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा संकटाले आफ्नो पहिलो खेल आइतबार दशरथ रंगशालमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्नेछ ।

संकटाको टोली
टेकेन्द्र सिंह थापा, निशान राना, विष्णुकुमार केसी, सन्दीप आले, एन्द्रे थियरी वियिक वियिक, दीपक घिसिङ, रवी सिलवाल, निशान खड्का, ललित चौलागाईँ, सुनील श्रेष्ठ, सुनील बल, जुनियर, गणेश हमाल, दिपेन्द्र विक, अनिश महर्जन, कुलदीप कार्की, रोसन पहारी, चन्दन दास, आयुष घलान, मनिष डाँगी, सुरज ज्यु ठकुरी, नेल्सन र सरोज दाहाल ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।