चैत्र ३, २०८२ मंगलबार | ०९:०४:२४
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

संकटालाई युक्यान र निलडेभिडको साथ

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजनको क्लब संकटाले प्रायोजकको रुपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक युक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।

संकटाले शनिबार दुवै पक्षसँग छुट्टाछुट्टै प्रायोजन सम्झौता गरेको हो। संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर तथा युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सम्झौतापत्र आदानप्रदान गरे ।

संकटाले युक्यानसँग आधिकारिक खेल सामाग्री प्रायोजकको रुपमा सम्झौता गरेको हो । सो सम्झौताअनुसार युक्यानले संकटालाई वार्षिक रुपमा ६ देखी सात लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गर्नेछ ।

यसैगरी अध्यक्ष तुलाधरले निलडेभिड एकेडेमीका अनुराग कँडेलले पनि सम्झौतापत्र आदानप्रदान गरेका छन् । संकटाले निलडेभिड एकेडेमीलाई स्टायलिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सो सम्झौता अनुसार एकेडेमीले संकटा क्लबका खेलाडीहरूलाई स्टाइलिस बनाउने कार्य गर्नेछ । यसैगरी संकटाको जर्सीमा निलडेभिड एकेडेमीको लोगो अंकित हुनेछ ।

प्रायोजन सम्झौतामा अध्यक्ष तुलाधरले यस सत्रमा संकटाले आफ्नो पुरानो गौरव फर्काउन र लिग उपाधि जित्ने लक्ष्यसहित तयार गरेको जानकारी दिएका छन् । उहाँका अनुसार संकटाले यस सत्रको लिगका लागि दुई करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यसपटक संकटाले गत सत्रमा मछिन्द्र फुटबल क्लबलाई लिग उपाधि जित्न महत्वपूर्ण योगदान दिने सुनील बल, मनिष डाँगी, आयुष घलानजस्ता घरेलु फुटबलका शीर्ष नामहरुलाई पनि टाेलीमा भित्र्याएको छ । अध्यक्ष तुलाधरले अन्य खेलाडी भित्र्याउने प्रयास भइरहहेको पनि जानकारी दिए ।

यस लिगका लागि प्रशिक्षण सल्यान खड्गी पनि संकटामा फर्किएका  छन्। संकटा तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितिसकेको क्लब हो । सकटा २०३६, २०४० र २०४२ मा लिग च्याम्पियन बनेको थियो ।

शुक्रबार सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा संकटाले आफ्नो पहिलो खेल आइतबार दशरथ रंगशालमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्नेछ ।

संकटाको टोली
टेकेन्द्र सिंह थापा, निशान राना, विष्णुकुमार केसी, सन्दीप आले, एन्द्रे थियरी वियिक वियिक, दीपक घिसिङ, रवी सिलवाल, निशान खड्का, ललित चौलागाईँ, सुनील श्रेष्ठ, सुनील बल, जुनियर, गणेश हमाल, दिपेन्द्र विक, अनिश महर्जन, कुलदीप कार्की, रोसन पहारी, चन्दन दास, आयुष घलान, मनिष डाँगी, सुरज ज्यु ठकुरी, नेल्सन र सरोज दाहाल ।
 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने