फाल्गुन ५, २०८२ मंगलबार | १३:३२:२१
नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

सोचेझै रै’नछ अस्ट्रेलियाः रेजिन सुब्बा

काठमाडौं । नेपाली खेलकुदमा अहिले एकैपटक ठूलो संख्यामा खेलाडी विदेसिएको घटनाले गतिलै तरंग ल्याएको छ । खासगरी फुटबलका दर्जनौं राष्ट्रिय स्तरका खेलाडी विदेसिँदा आउन लागेको लिग र समग्रमा नेपाली फुटबल नै खल्लो हुने भय पैदा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु आर्थिक कारणले नै अस्ट्रेलिया जानेक्रम बढ्दो छ । यसै वर्ष मात्र अस्ट्रेलियाका विभिन्न सहरमा पुग्ने राष्ट्रिय खेलाडीको संख्या दर्जन नाघिसकेको छ । राष्ट्रिय टोलीका मात्र हैन नेपालको शीर्ष डिभिजन लिगमा राम्रो खेलेर चर्चा कमाइरहेका ३० भन्दामाथि खेलाडी अस्ट्रेलिया पुगिसकेका छन् ।

नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ देखि  सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरिसकेको छ । यस्तै ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगको मिति तय भइसकेको छ ।

तर, निरन्तर खेल आयोजना नहुने, घोषित पुरस्कार र पारिश्रमिक समयमै नपाउने, पारिश्रमिक पाउन पनि निकै मिहिनेत गर्नुपर्ने, नेपालमै खेलेर आर्थिक रुपमा सहज जीवनयापन गर्न नसक्ने भएपछि २०७८ को लिग खेलेकामध्ये तीन दर्जनभन्दा बढी खेलाडी यसपालि दशरथ रंगशाला, च्यासल र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भनिएको लिगमा देखिने छैनन् । अधिकांश खेलाडी अस्ट्रेलिया पुगेका छन् भने केही खेलाडी संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।

अस्ट्रेलियामा फुटबल खेल्न जाने खेलाडीको हुलमा युवा स्ट्राइकर रेजिन सुब्बा पनि थिए । एन्फा एकेडेमीको उत्पादन रेजिन नेपालको यु-१४, यु-१८, यु-२३ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । सिनियर राष्ट्रिय टोलीबाट खेल्न नपाए पनि बन्द प्रशिक्षण सिविरको अनुभव उनीसँग छ ।

अस्ट्रेलियामा १६ दिन रहेर नेपाली समुदायको स्थानीय क्लबबाट दुई प्रतियोगिता खेलेपछि भने त्यहाँको बसाइले रेजिनलाई तानिरहन सकेन । उनले सोचेझै पाएनन् अस्ट्रेलिया । यही कारण अहिले उनी नेपाल फर्किइसकेका छन् ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले आयोजना गर्ने प्रतियोगिता खेल्न रेजिनलाई पनि प्रस्ताव आयो । अस्ट्रेलियाजस्तो देशबाट प्रस्ताव आएपछि खेल्न पाइने र त्यहाँको वातावरणसँग पनि घुलमिल हुन पाउने भन्दै रेजिन दसैंको टीका छाडेर अघिल्लो दिन मेलबर्न पुगेका थिए ।

तर अस्ट्रेलियामा १६ दिन रहेर नेपाली समुदायको स्थानीय क्लबबाट दुई प्रतियोगिता खेलेपछि भने त्यहाँको बसाइले रेजिनलाई तानिरहन सकेन । उनले सोचेझै पाएनन् अस्ट्रेलिया । यही कारण अहिले उनी नेपाल फर्किइसकेका छन् ।

‘म फुटबल खेल्नै भनेर अस्ट्रेलिया पुगेको थिएँ । अस्ट्रेलिया घुम्न पनि पाइने, त्यहाँको वातावरण पनि थाहा हुने भनेर गएको हो । १६ दिन बस्दा दुई प्रतियोगिता खेलेर फर्किएँ,’ रेजिन भन्छन् ।

रेजिनले नसके पनि पछिल्लो समय अस्ट्रेलियामा पुगेका अन्य खेलाडी भने उतै अभ्यस्त हुँदै छन् । रेजिनलाई पनि नराम्रो केही थिएन । तर उनको मन मानेन । ‘बस्न के हो के, मन नै लागेन,’ रेजिन सुनाउँछन् ।

नेपाली समुदायले गर्ने प्रतियोगिताहरु प्रत्येक हप्ताको शनिबार र आइतबार हुन्छन् । तिनै प्रतियोगिताका लागि हो, नेपालबाट लर्को लागेर राष्ट्रिय स्तरका खेलाडी अस्ट्रेलियातिर लागेको । नेपाली समुदायले गर्ने सामान्य प्रतियोगिता भए पनि त्यसमा खेलेवापत खेलाडीको आम्दानी नेपालको तुलनामा धेरै राम्रो हुने गर्छ ।

आर्थिक संकटको बोझ कहिलेकाहीँ घाइते हुँदा अझ बढ्छ । फुटबलजस्तो शारीरिक रुपमा निकै ‘डिमान्डिङ’ खेलमा खेलाडी घाइते हुनु सामान्य प्रक्रियाजस्तै हो । त्यस्तो बेला पूरा ठीक नभएसम्म खेल्न पाइन्न । सम्बन्धित निकायले उचित उपचारका लागि कुनै सरोकार देखाउँदैनन् । यसबाट झनै नेपाली खेलाडी विक्षिप्त अवस्थामा थिए ।

यही कारण देशमा खेलेर घरपरिवार चलाउनै गाह्रो भइरहेका खेलाडीले अस्ट्रेलियालाई गन्तव्य रोजेको रेजिनको अनुभव छ । नेपालमा लिग खेल्नेमध्ये अधिकांश खेलाडी काठमाडौं उपत्यकाबाहिरका छन् । तर, शीर्ष डिभिजन लिग र राष्ट्रिय टोलीको बन्द प्रशिक्षण काठमाडौंमा हुन्छ । जसका कारण खेलाडीलाई अधिकांश समय काठमाडौंमै बस्नुपर्ने बाध्यता छ । आफ्नै बसोबासको खर्च धान्न कठिन अवस्थाका खेलाडीले परिवारमा आर्थिक योगदान गर्ने अवस्था नेपालमा नरहेको उनको गुनासो छ ।

आर्थिक संकटको बोझ कहिलेकाहीँ घाइते हुँदा अझ बढ्छ । फुटबलजस्तो शारीरिक रुपमा निकै ‘डिमान्डिङ’ खेलमा खेलाडी घाइते हुनु सामान्य प्रक्रियाजस्तै हो । त्यस्तो बेला पूरा ठीक नभएसम्म खेल्न पाइन्न । सम्बन्धित निकायले उचित उपचारका लागि कुनै सरोकार देखाउँदैनन् । यसबाट झनै नेपाली खेलाडी विक्षिप्त अवस्थामा थिए ।

आर्थिक रुपमा विपन्न हुनुपर्ने, सेवासुविधा केही नपाउने, वर्षैभरि खेल्न नपाउने, त्यही फुटबल खेल्दा लागेको चोटको उपचारमा पनि कसैले वास्ता नगर्ने जस्तो ग्लानिपूर्ण अवस्थाबाट उम्कनका लागि पनि अस्ट्रेलिया नेपाली खेलाडीलाई राम्रो विकल्प बनेर आएको उनको बुझाइ छ ।

‘सुन लगाउनुपरेन, कारमा चढ्नुपरेन । तर, सामान्य घरबार त चल्नुपर्यो नि । खोइ, त्यही पनि छैन । सामान्य खर्च धान्न पनि नसक्ने अवस्था छ,’ रेजिन नेपाली खेलाडीको मर्म सुनाउँछन् ।

बाध्यतवश अस्ट्रेलिया पलायन भएका खेलाडीले स्थानीय प्रतियोगिता खेलेर नपुग्ने रेजिनले देखिसकेका छन् । खेलसँगै अन्य श्रम पनि गर्नुपर्ने अस्ट्रेलिया पुगेका खेलाडीको बाध्यता छ । साथै स्थानीय लिग खेलेर आफ्नो स्वाभाविक प्रदर्शन र फिटनेस नै कायम राख्न नसकिने रेजिनले बुझेका छन् ।

‘खेल नै खेलेर त्यहाँ पुग्दैन । हाई लेभलको खेल खेल्नुपर्छ । त्यो खेल्न गाह्रै छ । नत्र स्थानीय प्रतियोगिता खेलेरै त्यहाँ सबै पुग्दैन । च्यारिटी खेलमात्रै खेलेपछि खेल करियर फर्काउन गाह्रो छ,’ उनी भन्छन्, ‘तर यस्तै भावुक कुरा गरेर मात्र पनि जीवन त चल्दैन नि । खेलाडीका पनि इच्छा र चाहना हुन्छन् । ती चाहना पूरा गर्न र सामान्य तबरको जीवनयापन गर्नका लागि त्यो बाध्यता हो ।’

रेजिनले फेरि कहिल्यै अस्ट्रेलिया नजाने सोच बनाएका भने हैनन् । खुमलटारबाट लिग खेल्ने निर्णय गरेको मात्र हो । लिगसम्म नेपालमै राम्रो वातावरण सिर्जना भए यतै रमाउने उनको योजना छ । नत्र विकल्प खोज्न बाध्य हुनेछन् ।

आसन्न लिगका लागि उनी पारिवारिक रुपमै जोडिएको क्लब खुमलटार युथसँग अनुबन्ध भइसकेका छन् । गत वर्षमात्र ‘बी’ डिभिजनबाट बढुवा भएको खुमलटारमा रेजिनको घरमा तीन सदस्य जोडिएका छन् ।

‘जान पनि सक्छु, नजान पनि । यहाँको भवितव्य हेरौं । त्यसपछिको अवस्था कस्तो सिर्जना हुन्छ,’ रेजिन भन्छन्, ‘गएँ भने पनि व्यावसायिक फुटबलर बन्ने प्रयास भने हुनेछ ।’

नेपाल फर्किएपछि रेजिन फागुन १९ देखि सुरु हुने भनिएको ‘ए’ डिभिजन लिगको तयारीमा छन् । आसन्न लिगका लागि उनी पारिवारिक रुपमै जोडिएको क्लब खुमलटार युथसँग अनुबन्ध भइसकेका छन् । गत वर्षमात्र ‘बी’ डिभिजनबाट बढुवा भएको खुमलटारमा रेजिनको घरमा तीन सदस्य जोडिएका छन् ।

बुवा मदन सुब्बा खुमलटारका सहायक प्रशिक्षक हुन् । रेजिन र भाइ (रोहित) यसपालि ‘ए’ डिभिजन लिगमा खुमलटारको टोलीबाट सँगै देखिने छन् । रोहितका लागि यो ‘ए’ डिभिजन लिगमा पहिलो अनुभव हुनेछ । रेजिनका कान्छा भाइ रोहन पनि फुटबल खेलाडी हुन् । एसइईको तयारीमा रहेका कान्छा भाइ रोहनले ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता खेलिसकेका छन् । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL