चैत्र १८, २०८२ बुधबार | ०९:०४:०९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

न्युक्यासल बराबरीमा रोकियो

लन्डन । न्युक्यासल युनाइटेड शनिबार इङ्लिस प्रिमियर लिगमा वेस्ट हमसँग १-१ को बराबरीमा रोकिएको छ ।

वेस्ट हमसँग बराबरीमा रोकिएसँगै न्युक्यासल प्रिमियर लिगको तेस्रो स्थानबाट चौथो स्थानमा झरेको छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडल भने क्रिस्टल प्यालेसमाथि २-१ को जितसहित तेस्रो स्थानमा उक्लिएको हो ।

सेन्ट जेम्स पार्कमा खेलको तेस्रो मिनेटमै कालुम विल्सनले गरेको गोलमा न्युक्यासलले अग्रता लिएको थियो । सो गोलसँगै कालुमले आफ्नो १० खेलको गोल खडेरी समेत तोडेका थिए । 
तर ३२ औं मिनेटमा लुकास पाक्वेटाले वेस्ट हमलाई खेलमा फर्काएका थिए ।

न्युक्यासल २१ खेलमा ४० अंकसहित चौथो स्थानमा छ । जुन तेस्रो स्थानको युनाइटेडभन्दा दुई अंक कम हो । शीर्ष स्थानको आर्सनललको २० खेलमा ५० अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलमा ४५ अंक छ ।

शनिबार भएको खेलमा आर्सनल एभर्टनसँग १-० ले पराजित भएको थियो । 

यता लिभरपुललको खराब लयले भने उल्भरहमटनविरुद्ध पनि निरन्तरता पायो । उल्भरहमटनलाई लिभरपुलले ३-० को नतिजा सुम्पियो । 

लिभरपुल २० खेलमा २९ अंकसहित १०औं स्थानमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो