चैत्र ८, २०८२ आइतबार | १३:४७:२४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

एन्फा भन्छ- ‘ए’ डिभिजन लिगको तयारी ५० प्रतिशत सकियो

काडमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अगामी फागुन १९ बाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी ५० प्रतिशत पूरा भएको बताएको छ। 

 एन्फाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगको तयारीका बारेमा जानकारी गराएको हो। 

लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला,च्यासल रंगशाला र सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। सबै खेल मैदानलाई तयार पार्न एन्फाले तिब्रताका साथ काम गरिरहेको छ। 

डबल राउन्ड रोबिन पद्धतीमा सञ्चालन गरिने लिगमा कुल एक सय ८२ खेल हुनेछन्। फागनु १९ मा हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब खुमलटार एफसीले फ्रेन्ड्स क्लबको सामना गर्नेछ। 

 एन्फा महासचिव किरण राई लिगको प्रयोजनक खोज्ने कार्य भइरहेको बताउँछन्।

‘प्रायोजक पाउन प्रयास गरिरहेका छौं। कतार इयरवेजसँगको सम्झौता सकिएको छ। उहाँहरुले सम्झौता नवीकरण गर्नु गर्नुहुन्छ भन्ने छ। भएन भने अरुसंग कुरा गर्छौ। सकेसम्म चाँडै गर्छौ,’ राईले भने,‘आफ्नै रंगशाला नभएसम्म दुख पाइन्छ। राखेप पनि खेलकुदकै लागि छ। तर दशरथ रंगशालमा धेरै इभेन्ट आयोजना हुन्छ। कति नसोधी पनि आयोजना गर्न दिइएको छ। आम्दानी हुन्छ भनेर जे पनि आयोजना गर्न दिनु भएन। हामी वर्षभरी मैदान मर्मत गछौं । फुटबलकै इक्विप्मेन्ट छ । राखेपले बुझ्नुपर्छ। च्यासल रंगशाला निर्माण कम्पनी मार्फत लिएका छौँ। 
 

यसैगरी राईले खेलाडी विदेशिदा दुःख लागेको भन्दै खेलाडीलाई वर्षभरी खेल्ने वातावरण मिलाउने बताएका छन्।

खेलाडी विदेशिदा चोट पुगेको छ। यसलाई लुकाउन सकिँदैन। खेलाडी राख्न विभिन्न समस्या बाबजुद क्लबसंग कुरा गरेर लिग गरेका छौँ। पाँच ६  महिना ए डिभिजन र तीन महिना  नेपाल सुपर लिग (एनएसएल) गर्नेछौं,’ राईले भने ।

लिगका पाँचौँ  चरणसम्मका खेल तालिका सर्वाजनिक भइसकेका छन् भने बाँकी खेल तालिका पाँचौँ चरण सकिएपछि निकालिने एन्फाले जनाएको छ।

एन्फा लिग निर्देशक सञ्जिव मिश्र चैत २० गते भित्र लिगको सबै तालिका आउने बताउँछन्।

‘खेलाडी दर्ता माघ २९ गते सम्म छ। इन्स्युरेन्स क्लबले गर्ने तय भएको थियो। तर क्लबहरुले इन्स्युरेन्स एन्फाले नै गरिदियोस भन्ने सोचेका छन्,’ मिश्रले भने,‘एउटा टोलीले ५० जनासम्म खेलाडी दर्ता गर्न पाइन्छ।  हालसम्म त्रिभुवन आर्मी क्लबले दर्ता गरिसकेको छ। साफको तयारी भएर पूरा डेट र तालिका नराखेका हौं। चैत २० भित्र सबै लिग तालिका आउँछ।’

लिगका लागि मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको लागि माग २३ देखि टेन्टर आह्वान गरिनेछ। लिगमा सहभागी १४ वटै टोलीले आफ्नो नाम दर्ता गराइसकेका छन्। एन्फाले सबै टोलीलाई लिगको तयारी स्वरूप पहिलो किस्ताबापत १५ लाख रुपैयाँ पनि उपलब्ध गराइसकेको छ।

लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगको ‘फेयर प्ले अवार्ड’ प्राप्त गर्ने टोली तथा सर्वोत्कृष्ट घोषित हुने खेलाडीले समान तीन लाख रुपैयाँ पाउनेछन्।

लिगको उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान दुई लाख तथा उदयीमान खेलाडीले एक लाख प्राप्त गर्नेछन्। प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने बराबरी भएको खण्डमा दुवै टोलीले समान २५ हजार रुपैयाँ पाउनेछन्।

प्रत्येक खेलका ‘प्लेयर अफ अफ म्याच’ लाई  १० हजार रुपैयाँ प्रदान गरिनेछ। 

 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो