एन्फा

युइएफए असिस्ट महिला यु-१७ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

तस्बिरः एन्फा

काठमाडौं । युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भगवती राना मगरले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  

रानाको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टोलीले यसै वर्ष बंगलादेशमा भएको महिला साफ यु-१५ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

एन्फाले खुल्ला छनोटबाट प्रारम्भिक टोली घोषणा गरेको जनाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्राम अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ ।

प्रतियोगिता आगामी चैत ६ देखि १७ गते सम्म बंगलादेशमा आयोजना हुँदैछ ।


नेपालको प्रारम्भिक टोली

गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा)
रक्षकः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)
मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकासकुमारी चौधरी (कैलाली), सुमीहाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर)
फरवार्ड: सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट)