माघ १६, २०८२ शुक्रबार | १३:२८:१८
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

मदन भण्डारी स्पोर्टस एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनिक

मदन भण्डारी स्पोर्टस क्लबको खेलकुद क्यालेन्डर सार्वजनिक कार्यक्रम ।

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीले  खेलकुद क्यालेन्डर सार्वजनिक गरेको छ ।

एकेडेमीले बिहीबार पत्रकार सम्मेलनमार्फत विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दियो ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्कीको राष्ट्रिय प्रतियोगिता गर्नेछ ।

एकेडेमीका अनुसार तेक्वान्दो, फुलकन्ट्याक्ट,कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलामात्र प्रतिस्पर्धा हुनेछ । यस्तै रोड रेसमा यु-१६ र यु-२० विधा मात्र समावेश छ ।

एकेडेमीको स्थापना दिवसका अवसरका हुने मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगितामार्फत क्यालेन्डरको सुरुआत हुनेछ । प्रतियोगितामा भारतीय रेल्बेको टोलीले पनि सहभागिता जनाउनेछ ।

बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ५० हजार र चौथो स्थान हासिल गर्नेले लाख रुपैयाँ पाउने छन् ।

एकेडेमीले यो क्यालेन्डर पूरा गर्न करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

एककेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने बनाए ।

एकेडेमीले अघिल्लो आर्थिक वर्षमा १२ खेल समावेश गरेर क्यालेन्डर बनाएको थियो । यसपटक ६ खेल थपिएका छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।