चैत्र १८, २०८२ बुधबार | ०५:४७:५६
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

मदन भण्डारी स्पोर्टस एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनिक

मदन भण्डारी स्पोर्टस क्लबको खेलकुद क्यालेन्डर सार्वजनिक कार्यक्रम ।

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीले  खेलकुद क्यालेन्डर सार्वजनिक गरेको छ ।

एकेडेमीले बिहीबार पत्रकार सम्मेलनमार्फत विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दियो ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्कीको राष्ट्रिय प्रतियोगिता गर्नेछ ।

एकेडेमीका अनुसार तेक्वान्दो, फुलकन्ट्याक्ट,कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलामात्र प्रतिस्पर्धा हुनेछ । यस्तै रोड रेसमा यु-१६ र यु-२० विधा मात्र समावेश छ ।

एकेडेमीको स्थापना दिवसका अवसरका हुने मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगितामार्फत क्यालेन्डरको सुरुआत हुनेछ । प्रतियोगितामा भारतीय रेल्बेको टोलीले पनि सहभागिता जनाउनेछ ।

बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ५० हजार र चौथो स्थान हासिल गर्नेले लाख रुपैयाँ पाउने छन् ।

एकेडेमीले यो क्यालेन्डर पूरा गर्न करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

एककेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने बनाए ।

एकेडेमीले अघिल्लो आर्थिक वर्षमा १२ खेल समावेश गरेर क्यालेन्डर बनाएको थियो । यसपटक ६ खेल थपिएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो