माघ १८, २०८२ आइतबार | १२:२७:४९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एरिका उत्कृष्ट महिला खेलाडी

वर्ष महिला खेलाडी घोषित एरिका गुरुङ ।

काठमाडौं । करातेकी एरिका गुरुङ चार प्रतिस्पर्धीलाई पछि पार्दै एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।

एरिकाले चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।

यसैगरी एरिकाले युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेकी थिइन् । उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा व्यक्तिगततर्फ स्वर्ण र टिम इभेन्ट्समा  कांस्य पदक जितेकी थिइन् ।

नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको महिला विधामा एरिकासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशी मनोनयमा थिए ।

वर्ष २०८० मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । उत्कृष्ट महिला खेलाडी घोषित एरिकाले पल्सर मोटरसाइकल प्राप्त गरिन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।